दश जुवाडे समातिए

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुर नगरपालिका–९ च्यामासिहंबाट १० जना जुवाडे पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।भक्तपुर नगरपालिका वडा नं . ४ राममन्दिर घर भई च्यामासिहंमा मासु पसल सञ्चालन गर्दै आएका ३६ वर्षीय सुदर्शन शाहीको मासु पसलमा तास खेलिरेहको अबस्थामा १० जनालाई नगद रू ७३ हजार २ सय १० र ६ थान ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।