यस्तो स्कुल जहाँ सबै शिक्षक महिला

0
Shares

सलिम अन्सारी, प्युठान ।
महिलाहरुले नेतृत्व गर्ने मौका पाए भने आफ्नो जिम्मेवारी सहजै पुरा गर्न सक्छन भन्ने गतिलो उदाहरण बनेका छन् । प्युठानको झिमरुक गाउपालिका वडा १ को अमर प्राथमिक बिद्यालय र बालसुधार प्राथमीक विद्यालयमा सबै शिक्षक महिला छन् ।यहाँ सहयोगि देखि प्रधानाध्यापक सम्म महीला छन।

५ कक्षासम्म पढाइ हुँदै आएको विद्यालयमा ६७ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक माया पन्थिले बताइन् ।‘ महिला शिक्षक मात्रै विद्यालयमा कार्यरत छौँ’, उनले भनिन्, सहयोगी पनि महिला नै छन।,‘विद्यालयलाई सुधार गर्दै विद्यार्थीको भविष्य उज्ज्वल बनाउन सबै शिक्षक लागिपर्छौं ।’

विद्यालयमा देखापर्ने हरेक समस्या समाधानका लागि सवैजना महिला शिक्षक लागिपर्ने प्रअ पन्थीको भनाइ छ । बिद्यालयमा तिन जनाको दरबन्दि छ।यहाँ २ निजि , १ बाल बिकास र १ बिद्यालय सहयोगी कार्यरत छन। २०३६ सालमा स्थापना भएको अमर प्राबिमा दर्जनौ शिक्षक शिक्षीकाले हजारौ बिद्यार्थीलाइ उच्च शिक्षा दिए। बिद्यालयको अबस्था भने सन्तोषजनक छैन।तिन वटा कच्ची भवनमा ९ वटा कोठाहरु रहेका छन। बिद्यालयमा पिउने पानीको निकै ठूलो समस्या छ ।त्यसैले सहयोगी कमला के.सी आफैले दिनहुँ गाग्रोमा पानी बोकेर बिद्यार्थीलाई पुर्याउँछिन ।

पानीको अभावले गर्दा स्कुलका शौचालय ब्यबस्थित हुन सकेका छैनन। बिद्यालय परिसरमा तारजाली नगरिएकाले बिद्यार्थीहरुलाई खेल्न, हिडडुल गर्न पनि निकै डर छ। बिद्यार्थीहरुलाई अविभावकहरुले बिद्यालय पठाउन, सरसफाई, कापीकलम, झोलाको ब्यबस्था गर्न हेलचेक्र्याई गर्ने गरेको प्रधानाध्यापक माया पन्थि सुनाउँछिन।

त्यस्तै सोही वार्डको बाल सुधार प्राथमिक बिद्यालय बडाचौरमा ३५ जना बिद्यार्थीहरु पढ्छन। यहाँ पनी प्रअ देखि सहयोगी सम्म महिला नै छन।३ जना महिला शिक्षिकाले बिध्यालय चलाईरहेका छन। यहाँ पनि उस्तै छ

समस्या, भिरको काखमा छ बिद्यालय,यहाँ पनी पिउने पानी र बिद्युतको अभाव छ। खेल मैदानमा तारबार छैन। ’ जोखिम धेरै छ’ बिद्यालय कि प्रअ बसन्ता खडका कतै केही पो भैहाल्ने हो कि बिद्यार्थीको धेरै हेरचाह गर्नु परेको छ भन्छिन। त्यस्तै जिल्लाको प्युठान नगरपालिका ८ वासखोलाको त्रीवेणी प्रावीको जिम्मा पनि महिलाकै काँधमा छ ।५ जना नै महिला शिक्षिका छन।यो बिध्यालय जिल्लाकै नमुना मध्येको एक हो।