प्युठानमा पनि हिमपात,आकाश खुलेपनि जाडो उस्तै

0
Shares

सलिम अन्सारी,प्युठान ।

मौसम परिवर्तन हुँदा अधिराज्यभर बढेको चिसोले प्युठानमा पनि प्रभाव पारेको छ। जिल्लाका उच्च पहाडी भेगमा हिमपात हुँदा ह्वात्तै जाडो बढेको छ । हिमपातले गाउँवस्ती र डाँडाकाँडा सेताम्मे भएका छन् । केही साता अघिसम्म सुख्खा देखिने डाँडाकाडाहरु हिउँले भरिभराउ भएपछि सेतो घुम्टोमा सजिएकी बेहुलीझैँ सिँगारिएको स्थानीयले बताए । हिउँ खेल्नेहरूको यी स्थानमा भिडभाड लाग्न थालेको छ ।

जिल्लाको जुम्री बजारका स्थानीय मोहन बुढाले हिमपातको दृश्य हेर्न रमाईलो हुने भन्दै आफु लिस्ने लेक तिर जान लागेको बताए।शनिवार पनि प्युठानमा यसको प्रभाव देखिएको छ।उपल्लो बस्तीमा मौसम बदलीले उत्तरी प्युठानको लिस्ने लेक, स्याउलीवाङको कोठोभीर, गुफा लेख, स्वर्गद्वारी लेखतलगायत थुप्रै ठाउँमा हिउँ परेको छ ।

चिसो नहटे पनि मौसममा भने सुधार र परिवर्तनको संकेत देखिएको छ। हिमपात भइरहँदा तल्लो बस्तीमा भने चिसो बढेको छ । शुक्रवार साझँको वर्षासँगै शीतलहर र तुवाँलोका कारण बाक्लो कपडा लगाएर स्थानिय काममा निस्केका छन।

मानिस बजारमा आउजाउ गर्न थालेका छन्। वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ ।

एकभन्दा बढी भेट भएका व्यक्ति पनि न्यानोका लागि घाम ताप्दै र चिया पिउँदै जाडो भगाइरहेका देखिन्छन्। यद्धपी रापीलो घाम भने लाग्न सकेको छैन।