ट्रक चालकले दिए बिद्यालयलाई कम्प्युटर

0
Shares

धनवीर दाहाल,रुकुम ।
प्राबिधिक र व्यवसायिक शिक्षाका लागी बढ्दो आधुनिकिरणसँगै बिद्यालयलाई प्रबिधिमैत्री बनाउन भन्दै एक ट्रक चालकले बिद्यालयका लागी कम्प्युटर प्रदान गरेका छन् । रुकुम पश्चिमको त्रिबेणी गाँउपालिका वडा नं ३ खारा कुरलमा रहेको युवा जनजागरण आधारभुत बिद्यालयका लागी ट्रक चालक नरबहादुर टन्डनले करिव दुई लाख बराबरका कम्प्युटर प्रदान गरेका हुन् ।

बिगतको द्धन्द्धको सबैभन्दा मारमा रहेको खारागाँउको यो बिद्यालयलाई नमुना बिद्यालय बनाउन स्थानीय तहलाई उहाँले आग्रह समेत गरेका गर्नुभयो । बिगत १३ बर्षदेखी क्यानडामा रहेर ट्रक चलाइरहेका दाङ तुल्सीपुर निबासी टन्डनले बिकट र द्धन्दबाट प्रभाबित वालबालिकालाई सानो भएपनि सहयोग गरेको बताउनुभयो ।

वालवालिकाको मनोबल बढाउनका साथै उनीहरुलाई प्रबिधीसँग रमाउनमा ठुलो योगदान ठहरिने टन्डनको बिश्वास छ । बिद्यालयको अवस्था हेरेर आफुले अझै पनि सहयोग गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यो सानो सहयोग हो । म बिदेशमा रहेर पनि आफ्नो देशमा केही गर्न चाहन्छु । म बिश्वको जुनकुनै ठाँउमा भएपनि मनभरी नेपालीपन छ ।”

बिद्यालयलाई प्रबिधिमैत्री बनाउनका लागी आफुहरुलाई अव हौसला पैदा भएको बिद्यालयका प्रधानाध्याक जोखबहादुर ओलीको भनाई छ । बिद्यालयको लागी टन्डनले गर्नुभएको सहयोगले आफुहरुलाई पनि केही गर्नुपर्छ भन्ने चुनौती थपिएको बताउनुभयो ।

प्रधानाध्यापक ओलीले भन्नुभयो “यो द्धन्द्धको उद्गम स्थल हो । द्धन्द्धको बेला क्षति धेरै भएको गाँउको हाम्रो बिद्यालयमा धेरै समस्या छन् । कम्प्युटर प्रदान गरेर बिद्यालयलाई टन्डनले ठुलो सहयोग गर्नुभएको छ । ” कम्प्युटर प्रदान गरेकोमा टन्डन प्रति आभार प्रकट गर्दै बिद्यालय र त्रिबेणी गाँउपालिकाले सम्मान समेत गरेको छ ।

त्रिबेणी गाँउपालिकाका शिक्षा अधिकृत ताराप्रसाद पुनले गाँउपालिकाले बिद्यालयका समस्याबारे गम्भीर भएको आबश्यक सहयोग गर्ने बताउनुभयो । एउटा बिदेशमा बस्ने ट्रक चालकले गरेको सहयोगले आफुहरुलाई चुनौती दिएको भन्दै बिद्यालयलाई प्रबिधीमैत्री बनाउनका लागी समुदाय पनि जुट्नुपर्नेमा गाँउपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको भनाई छ ।

गाँउपालिका अध्यक्ष घर्तीले सो बिद्यालयका लागी दुई कोठे भवन अनुदान दिने जानकारी दिनुभयो । क्यानडामा रहेर ट्रक चालकको काम गरिरहेको भएतापनि दुर्गम र बिकट क्षेत्रमा वालवालिकाको लागी काम गरिरहेका टन्डन जस्ता व्यक्तित्वहरुको कामलाई स्थानीय सरकारले पनि बढावा दिनुपर्नेमा सरोकारवालाको जोड छ ।