रुकुममा भारी हिमपातः सडक अवरुद्ध, जनजिवन कष्टकर (फोटोफिचर)

0
Shares

धनवीर दाहाल/रुकुम

रुकुम पुर्वको सदरमुकाम रुकुमकोट तथा रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा शुक्रबार साँझ देखी भारी मात्रामा हिमपात भएपछि जनजिवन कष्टकर भएको छ । हिमाली क्षेत्रमा हिमपात भएपनि सदरमुकाममा हिमपात भएको थिएन ।

रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा ५ बर्षपछि हिमपात भएको छ भने रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा ९ बर्षपछि भारी मात्रामा हिमपात भएको छ । दुवै रुकुमका अधिकांश ठाँउमा हिउँ परेपछि चिसोका कारण जनजिवन कष्टकर भएको छ ।

रातभर परेको हिउँका कारण अत्यधिक चिसो बढेपछि वालवालिका र बृद्धबृद्धालाई झनै समस्या भएको छ । सदरमुकामको मुख्य बजार क्षेत्रमा हिउ नजमेपनि केही लेकाली ठाँउमा हिउँ जमेको छ । मुसिकोट नगरपालिकाको खलंगा बजार तथा सो आसपासका केही तलको क्षेत्रमा बाहेक अन्य लेकाली क्षेत्रमा हिउँ सेताम्यै छ ।
सडक अवरुद्ध

हिमपातका कारण सडक अवरुद्ध हुँदा यात्रुहरु बिचबाटोमा अलपत्र परेका छन् । रुकुम पश्चिमको खारा, झुल्नेटा लगाएतका ठाँउमा सडकमा हिउँ जमेका कारण गाडी बन्द भएका छन् । गाडी बन्द भएपछि चिसोमै यात्रुहरु अलपत्र परेका छन् ।