किवी खेतीका लागी छुट्याइयो बजेट

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिममा किवी खेतीका लागी बजेट छुट्याइइको छ । कृषि मन्त्रालयको फलफुल बिस्तार कार्यक्रम अन्र्तगत रुकुम पश्चिममा किवी खेती गर्नका लागी रकम छुट्याइएको हो । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले थालेको किवी खेतीलाई जिल्लाका अन्य स्थानीय तहमा पनि बिस्तार गरिने लक्ष्य अनुरुप बजेट छुट्याइएको हो ।

किवी खेतीका लागी केही सहकारी संस्थाहरु छनौट गरिएको छ । आठबिसकोट नगरपालिकाको ठुलीभेरी साना किसान सहकारीलाई ५२ लाख, त्रिबेणी गाँउपालिकाको ट्रेडिङ्ग एण्ड सप्लायर्सलाई ५२ लाख, त्रिबेणी गाँउपालिकाकै मनशान्ति बहुउद्देश्यीय फलफुल नर्सरीलाई ५२ लाख बाँफिकोट गाँउपालिकाको झारमारे सहकारीलाई ५२ लाख र सानीभेरी गाँउपालिकाको सुन्तला तथा मसलाबाली सहकारीलाई ४० लाख बजेट छुटयाइएको जिल्ला समन्वय समिती रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले जानकारी दिनुभयो ।

रुकुम पश्चिम किवी खेतीको मुख्य क्षेत्र बनाउनका लागी रुकुम पश्चिममा स्थानीय सरकार सक्रिय भएका हुन् । आठविसकोट नगरपालिकाले किवी खेतीको सुरुवात गरिसकेको छ । नगरप्रमुख प्रमुख गोर्खबहादुर के.सीका अनुसार चार बर्षपछि नगरपालिकाका विभिन्न ठाउ“मा लगाइएकोे किवी फल्नेछ ।

त्यसका लागि २० लाख किलो किवी फल्ने गरी योजना बनाइएको छ । त्यसका लागि यसै बर्ष नगरपालिकाले ५० हजार बोट किवि किसानलाई दि“दैछ । जिल्ला समन्वय समितीका प्रमुख शर्माका अनुसार आगामी पाँच बर्षमा झन्डै १ अरबको आम्दानी हुने लक्ष्य लिइएको छ ।