एकदिवसीयको पहिलो युएईसँग नेपाल पराजित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ ।यससँगै तीन एकदिवसीय श्रृङ्खलामा नेपाल १–० ले पछि परेको छ ।
११४ रनको सामान्य लक्ष्य पछ्याएको युएईले ३२–१ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्‍यो । युएईका लागि घुलाम शब्बेरले ३०, सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच, चिराग सुरीले चार र फाहाद नवाजले दुई रन बनाएर आउट भए ।

नेपालका लागि सन्दीप लामिछाने, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए पनि जित दिलाउन भने सकेनन् । त्यस्तै, सोमपाल कामीले एक विकेट लिए ।

युएईको जितमा अमिर राम्रो प्रदर्शन गरे । २० ओभरको समाप्तिमा सात विकेट गुमाएर ७५ रन बनाएको युएईका लागि हायत र इम्रन हैडरले उकासेका थिए । हायत २४ र हैडर २८ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३–५ ओभरमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेख र सोमपाल कामीले केही राहात दिए । सोमपालले ३० रन बनाए भने आरिफले २५ रन बनाए ।

नेपालका कप्तान पारस खड्का २० रनमा आउट भएपछि नेपाल दबाबमा आएको थियो । त्यस्तै, नेपालका लागि विनोद भण्डारीले पाँच, पवन सर्राफले चार र करण केसीले तीन रन बनाए । युएईका लागि कप्तान मोहम्मद नाभिद र अमिर हायतले समान तीन–तीन विकेट लिए ।