डा. केसीले मागे प्रधानमन्त्रीको राजीनामा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
आमरण अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।उनले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन् । उच्च विवादका बीच पनि बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक पास गरे लगतै उनले राजीनामाको माग गरेका हुन ।