गोली सहित सलिम पक्राउ

0
Shares

भक्तपुर । काठमाडौं मण्डिखाटार बस्ने सलिम अख्तरलाई ठुलो हतियारमा लाग्ने १ राउण्ड गोली सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर सूर्यबिनायक नगरपालिका–१० साँगा महादेव मन्दिर नजिक कार पार्किङमा निज सलिमको बा.१० च ४९४९ नम्बरको कारको डयास बोर्डमा लुकाइराखेको अवस्थामा उक्त गोली फेला पारी चालक सलिमलाई प्रहरीले पक्राउ गरेको हो ।