जस्ले सहारा खोज्दा सम्पती त्यागे

0
Shares

सलिम अन्सारी, प्युठान ।
सेतै फुलेको दाह्री । चाउरी परेको अशक्त शरीर । आँखाको कमजोरी,कानै नसुन्ने समस्या अनि हिँड्डुल गर्दा लाठीको सहारा लिनुपर्ने वाध्यता । ऐरावती गाउपालिका ६ बिजुलीका ८० बर्षीया खगेराना दम्पतीका उत्तराधिकारी कोहि छैन्न।न छोरा छन न छोरी। आफ्ना सन्तान छैन्न। बुढेशकालमा सहारा चाहिन्थ्यो, त्यसैले बाँच्ने सहाराको खोजी हुन थाल्यो ।

भाईको छोरा थियो उसैलाई उत्तराधिकारी बनाउने सोच उनिहरुले गरे। बाचुन्जेल हेरचाह मात्रै होईन मरेपछी पनि तीर्थ–व्रत गर्ला भनेर उनिहरुले आफ्नै भाइका छोरा ड्म्मर वहादुर रानालाई नै रोजे। आफुहरुको सेख पछि उस्ले नै खाओस भनेर बल्लतल्ल जोडको २१ रोपनी १५ आना जग्गा समेत उनै डम्मर बहादुरको नाममा पास गरिदिए।

आफ्नै सन्तानको त हुन्न भर अझ पराया! भाईकै छोराले उल्टाइदियो ती बृद्धा दम्पतीको आश, दिनुसम्मको दुःख दिएर । आखिर कमजोर शरीरले भतिजाको आस गर्यो तर भाईकै छोरा पनि यति बिरानो बन्यो कि बृद्ध दम्पतीको घाउमा मलम होइन, नुन् छर्कि्दियो । अन्ततः डम्मर बहादुरले सवै सम्पती हत्याए र ती बृद्ध काकाकाकिलाई हेलचक्राई गर्न थाले ।

दुर्वयव्हार र अपहेलना गर्न थाले। ’बुढेशकालमा रेखदेख गर्लान भनेर भएभरको सम्पती उस्कै नाममा गरिदियौँ। पीडित खगे रानाले भने,’सधै अपमान र हेला मात्रै सहनुपर्यो।’ दसक अघी सबथोक सम्पती मालपोतमा गएर उनै डम्मरलाई बुझाएको बृद्ध खगेले सुनाए। सवै जग्गा जमिन कुम्लाएपछि घरबाट निकालिदिएको उनिहरु बताउँछन। हाल उनिहरु आफैले नया घर घर बनाएर अलग्गै बसिरहेका छन। अहिले छोराहरुले दुश्मनझैं व्यवहार गरिराखेका छन खगेले गहभरी आँशु पोख्दै भने।अहिले उ संग बोलचाल समेत छैन।हामि छुट्टै बसिरहेका छौ ।

उमेरले नेटो काटेका ती दम्पतीलाई जीवनको अन्तिम अवस्थामा घरबाट निकालेपछि अहिले विजोग भएको छ ।भाईको छोराले पुस्तेनी घर र जग्गा आफ्नो नाममा गराएर घरबाट निकालेपछि उनी न्यायको गुहार माग्दै जिल्ला प्रशासन कार्यालय प्युठान पुगे ।

तर पुग्नुमात्रै भयो, घरजग्गाको बिषय गाउपालिकाले हेर्ने भन्दै प्रशासनले उनिहरुलाई घर फर्काईदियो। आफ्नो घर जग्गा अर्कैको नाउमा पास दिएपछी वेसहारा जस्तै बनेका खगे रानाले छोराविरुद्ध ऐरावती गाउँपालिकामा निवेदन दर्ता गराएका छन्। घरबारविहिन भई जेनतेन गुजारा चलाउँदै आएका उनिहरुले सहनै नसकेपछि ड्म्मरवाट न्याय दिलाई दिन गाउँपालिकालाई गुहार्न पुगेको बताए।

आफूले पाउने वृद्धभत्ताबाट जेनतेन गर्जो टार्दै आएको र खानबस्न अरुको मुख ताक्नुपर्ने अवस्था भएकाले न्याय दिलाई दिन उनीहरुले सबैसँग आग्रह गर्दै आएका छन् ।

दुवैथरीको कुरा सुनेपछी फैसला सुनाईने गाउपालिकाका उपाअध्यक्ष एवं न्यायिक समितीका संयोजक बुद्ध बहादुर बस्नेतले जानकारी दिए। पिडितले जग्गा फीर्ता पाउ भनी निवेदन दिएको बस्नेतले बताए।