विवादका बीच चिकित्सा शिक्षा विधेयक पास भएपछि कांग्रेस आक्रामकः सदन सडकमा आन्दोलन गर्ने चेतावनी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले तानाशाही शैलीमा चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । आफ्नो नाराबाजीका बीच पनि चिकित्सा शिक्षा विधेयक पास भएपछि प्रमुख प्रमुख प्रतिपक्ष दल कांग्रेस सरकार र सभामुखप्रति आक्रमक बनेको हो ।

सरकार र सभामुखलाई महंगो पर्ने चेतावनी

संसद बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादी भएको बताए । साथै सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको उनले बताए ।उनले भने ‘अब सरकारविरुद्ध सदन र सडकमा आन्दोलन गर्छौ ।’

यस्तै काँग्रेसका युवा नेता एवंम पूर्वमन्त्री गगन थापाले विधेयककका विषयमा प्रतिपक्षले असहमति जनाउँदा जनाउँदै दुई तिहाइको बलमा विधेयक पास गरेको आरोप लगाए । यस्तै उनले सरकार र सभामुखलाई महंगो पर्ने चेतावनी दिएका छन् ।

प्रमुख विपक्षी दल कांग्रेसले चर्को आलोचनाका बाबजुत पनि चिकित्सा शिक्षा विधेयक पास भएपछि कांग्रस आक्रामक बनेको हो ।