गगन थापाले भनेः सभामुख तटस्थ नबने भोलि संसदमा हंगामा हुन्छ

0
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेडपनि हुनसक्ने चेतावनी दिनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा युवा नेता थापाले चिकित्सा शिक्षा विद्येयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका आफूहरुको लागि चित्तबुझ्दो नभएको गुनासो पनि गर्नुभयो । सांसद थापाले भन्नुभयो,‘सदनमा सभामुखको भूमिका न्यायपूर्ण र विवेकपूर्ण हुन्छ भन्ने कुराको अपेक्षा रहन्छ ।

सभामुख सदनमा आउनुपूर्व वा सभामुख हुनु पहिला कुनै दलसँग आवद्ध रहने हो, तर सभामुखको पदमा आसिन भैसकेपछि उहाँको दलमा आवद्धता रहनुहुन्न । र रहँदैन भन्ने कुरालाई सँधैभरि हामीले अपेक्षा गर्दछौं । तर, दुःखका साथ भन्नुपर्छ सभामुखको भुमिकाबाट यो कुरालाई महसुस गर्न पाईरहेका छैनौं ।’

उहाँले चिकित्सा शिक्षा विद्येयक अन्य विद्येयकभन्दा फरक विद्येयक भएको पनि चर्चा गर्नुभयो
थापाले भन्नुभयो‘जुन विद्येयक अनशनबाट डाक्टर गोविन्द केसीसँग सम्झौता भैसके पछाडि सदन चलेको बेलामा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सदनमा यो सम्झौता टेबुल नगर्ने बेलासम्म, यो सदन अगाडि बढ्दैन भनेर सदनमा टेबल गरेर सबैलाई बाँडेर यो सदनको सम्पत्ति भयो भने पछि मात्रै त्यो अगाडि बढेको छ । त्यसकारण प्रश्न यहाँ, सरकारको मात्रै होईन, प्रश्न यहाँ संसदको पनि हो ।’

नेकपाकै जिम्मेवार नेता एवम् संसदको सदस्यहरुले भोलि सदनमा यस्तो–यस्तो हुन्छ भनेर बाहिरबाट घोषणा गरिरहेको विषयमा उहाँले कडा टिप्पणी गर्नुभयो । थापाको भनाइ छ,‘यहाँबाट फत्वा जारी राख्नुभएको छ । यस्तो–यस्तो हुन्छ भनेर । के व्यवस्थापिका–संसदको सभामुख कुनै अमुक पार्टीको अमुक कार्यकर्ता हो रु पार्टीको निर्देशनबाट, बाहिर खुल्लामञ्चबाट, खुल्ला ठाउँबाट योभन्दा मानमर्दन केही हुन्छ रु यहाँ संसदभित्र प्रतिपक्षले प्रतिरोध गर्दै गर्दाखेरि बोलेका कुराहरु र उठाएका विषयहरुले सदनको मानमर्दन भयो भनेर भनिएको छ।

त्यो सदनको मानमर्दन हुने, अनि खुल्लामञ्च, चोक चौताराबाट भोलि सदन यसरी चल्छ, सदन चलाउने कसले हो रु पार्टीले हो रु सदन चलाउने सरकारले हो रु के सदन चलाउने सभामुखले हो रु सभामुखले भोलि यसो यसो गर्नुहुन्छ रु मैले आदेश दिईसकें । हाम्रो आदेश गैसक्यो भन्ने ढंगबाट आदेश दिईन्छ अनि भोलि सभामुख त्यसलाई टुलुटुलु हेरेर पालना गर्नुहुन्छ भने त्यो बेलामा नेपालको सदन, नेपालको संसदले सार्वभौम जनताको त्यो सार्वभौम भूमिका निर्वाह गर्न सकिरहेको छ त रु भन्ने प्रश्न उठ्छ ।’

भोलि माघ ११ गतेको संसद बैठकभन्दा अगाडि सभामुखले आफूहरुलाई बोलाएर छलफल गर्ने भन्ने अपेक्षा आफूहरुको रहेको पनि थापाले बताउनुभया । थापाले अगाडि भन्नुभयो,‘अस्तिको घट्ना जुन संसदभित्र भएको छ, त्यो भएको घट्नाप्रति उहाँले सदनभित्रका अमर्यादित घट्नालाई अब नदोहोरिने परिस्थितिका बारेमा हामीलाई आश्वस्त पार्नुहुन्छ । सरकारले पनि हामीसँग छलफल गर्छ । एउटा नयाँ परिस्थितिको सिर्जना गर्छ भन्ने हामीलाई अझैपनि अपेक्षा छ ।’

यद्धपि थापाले यी केही पनि कुराहरु नगर्ने अनि म पेलेर देखाईदिन्छु र मुठभेड गर्छु भन्छ भने त्यो बेलामा प्रतिउत्तर दिनेभन्दा आफूहरुसँग अर्को विकल्प नहुने स्पष्ट पानुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले डाभोसको मञ्चमा म जनताको नोकर भएर बस्ने हो भनेर भनेको कुरा सकारात्मक भएको उल्लेख गर्दै थापाले भन्नुभयो,‘फर्केर आईसकेपछि हामी प्रधानमन्त्रीको त्यो बोली व्यवहारमा अनुवाद भएको हेर्न चाहन्छौं । किनकी प्रधानमन्त्री गइसकेपछि देशभित्र सदनमा मुठभेड छ, गोविन्द केसीको अनशन जारी छ । यी सबैका बीचमा, र सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा यत्रो धेरै संघर्षको स्थिति बनेको बेलामा यसलाई मिलाउने काम प्रधानमन्त्रीको हो । यो कर्तव्य उहाँले निर्वाह गर्नुहुनेछ भन्ने कुराको विश्वास व्यक्त गर्छु ।’ प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता लागु गर्नुपर्ने पनि थापाको भनाई छ ।