लागूऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ 

0
Shares

झापा, लागूऔषध मुद्दाका फरार प्रतिबादी झापा भद्रपुर-२ बस्ने सुरज सुब्बालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०७४ माघ २५ गतेको फैसला आदेशले लागूऔषध मुद्धामा २ बर्ष कैद र १ लाख रूपैयाँ जरिवाना तोकिएका सुब्बालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनलाई झापा जिल्ला अदालतमा पठाइएकोमा कैद भुक्तानको लागि झापा जिल्ला कारागार चलान गरिएको छ ।