शिवराज जेसिजमा नयाँ नेतृत्व चयन, अध्यक्षमा पुनः पौडेल सर्वसम्मत

0
Shares

सीताराम चौधरी, कपिलवस्तु ।

शिवराज जेसिजको प्रथम शाखा अधिवेशनबाट पुनः सरोज पौडेल अध्यक्ष रहेको नयाँ नेतृत्व चयन भएको छ । शिवराज जेसिज शाखाले सन् २०१९ का लागि नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनबाट जेसिजको बरिष्ठ उपाध्यक्षमा रामचन्द्र के.सी. र मधु सिग्देल सर्वसम्मत निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा खिमराज आचार्य, बिष्ण्ुा हमाल, कृष्ण कार्की र आनन्द पौडेल अधिवेशनले चयन गरेको छ । यस्तै जेसिजको सम्पन्न अधिवेशनबाट महासचिवमा बिजय सापकोटा, सचिवमा कविराज अधिकारी, कोषाध्यक्षमा यज्ञप्रसाद पौडेल र सह–कोषाध्यक्षमा केशब खनाल सर्बसम्मत चयन भएको बताइएको छ । अधिवेशनले कानुनी सल्लाहकारमा बुद्धिसागर सापकोटालाई चयन गरेको छ ।

शिवराज नगरपालिकामा रहेर शिक्षा, स्वास्थ्य एवं सामाजिक कार्यमा अग्रसर शिवराज जेसिजले आगामी दिनमा समेत समाजको विकृति विसंगतिलाई हटाउन सबैसँग हातेमालो गरी अगाडि बढ्ने शाखा अध्यक्ष सरोज पौडेलले प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

कार्यक्रममा ब्यापार संघ कपिलबस्तुका सचिबव गोपाल बन्जाडेले नव गठित पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना दिनुभएको थियो । यस्तै निर्वाचित नव सदस्य मदन सापकोटाले आपूmलाई जेसिजमा ल्याउन सहयोग गर्ने सबैलाई धन्यबाद दिंदै जेसिजको मर्म अनुसार काम गर्ने बताउनुभएको थियो । कार्यक्रममा यज्ञप्रसाद पौडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।