दुर्घटना घटाउन चालकको स्वास्थ्य परीक्षण

0
Shares

सीताराम चौधरी, कपिलवस्तु।

सवारी दुर्घटनामा कमी ल्याउन ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सवारी चालकहरुको स्वास्थ्य परीक्षण गराएको छ ।

“स्वच्छ चालक, सफल यात्रा” भन्ने मूल नारासहित सवारी दुर्घटना न्यूनीकरण गर्न स्वास्थ्य परीक्षण अभियान थालेको हो । शारिरिक तथा मानसिक रूपमा स्वच्छ नभएको चालकले यात्रा गन्तव्यसम्म पु¥याउन नसक्ने निष्कर्षसहित जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुले यस्तो अभियान शुरु गरेको प्रहरी निरीक्षक बाबुराजा पन्तले जानकारी दिनुभयो । साताको दुई दिन आइतबार र बिहीबार चालकहरुको स्वास्थ्य परीक्षण हुने गरेको कार्यालय प्रमुख पन्तले बताउनुभयो ।

प्रदेश नं ५ को पहाडी जिल्ला अर्घाखाँचीको सन्धिखर्क सडकखण्ड अन्तर्गत गोरूसिङ्गेमा चालकको ब्लड प्रेसर सन्तुलन छ कि छैन थाहा पाउनका लागि चालकको स्वास्थ्य जाँच गरिएको कार्यालय प्रमुख पन्तले बताउनुभयो । जयनगर स्वास्थ्य चौकी बुद्धभूमि नगरपालिका २ गोरुसिंगेसँग समन्वय गरी स्वास्थ्य शिविर संचालन गरिएकोमा ३० जना सार्बजनिक यात्रु बाहक सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

सवारी दुर्घटना घटाउन चालकहरुलाई सडक प्रयोग गर्दा तथा सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने बिषयमा प्रशिक्षण समेत दिंदै आएको पन्तले बताउनुभयो । स्वास्थ्य रिपोर्ट अनुसार अधिकांस चालकहरुमा उच्च रक्तचाप रहेको पाइएको ट्राफिक प्रहरी नारायण घिमिरेले जनाउनुभयो ।