गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकास दिने सरकारको निर्णय

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकास दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले उद्योगका कर्मचारीहरुलाई अनिवार्य अवकास दिने निर्णय गरेको बताएका हुन्। उनले भने, ‘अवकास बापत पाउने सुविधा दिनुअघि बक्यौता बुझाउनुपर्नेछ ।’

गोरखा नगरपालिका-१३, मझुवा देउरालीमा रहेको रबर उद्योग २०७१ चैतदेखि बन्द छ ।