नेविसंघको बैठक शनिबार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली कांग्रेस (विपी) को भ्रातृ संगठन नेविसंघको केन्द्रीय समितिको बैठक शनिबार बस्दैछ ।

अध्यक्ष अन्जान लामाका अनुसार समसामयिक राजनीतिका साथै आगामी कार्यदिशाका बारेमा बैठकमा छलफल हुनेछ । सबै जिल्ला अध्यक्षका साथै पार्टीको नेताहरुको समेत उपस्थितिमा हुने बैठकले सबै जिल्लामा संगठन बिस्तार गर्दै लाने पनि जनाएको छ ।

गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि भाग लिएको पार्टीले नेपाली कांग्रेसले विचार र सिद्धान्त छोडेर गलत बाटोमा गइसकेकाले प्रजातान्त्रिक पार्टीको रुपमा आफूलाई स्थापित गर्ने भन्दै आएको छ ।

‘यो हाम्रो बैठकले एउटा नयाँ दृष्टिकोण र राजनीतिक दिशा प्रस्तुत गर्नेछ ’ अध्यक्ष लामाले भने ‘ यो बैकल्पिक प्रजातान्त्रिक पार्टी हो, कांग्रेस छोडेर पनि हामीकहाँ आएका छन् ।’

लामाले सबै जिल्ला समिति गठन गर्दै आगामी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सक्रियताका साथ सहभागी हुने जनाएका छन् । लामा पार्टीको पनि केन्द्रीय सदस्य हुन् । पार्टीले तरुण दल, महिला संगठन, ट्रेड युनियनसमेत गठन गरेको जनाएको छ ।