प्रदेशको नाम र स्थायी राजधानीको माग गर्दै बुटवलमा काँग्रेसको खबरदारी सभा

0
Shares

यमलाल भुसाल, बुटवल ।

नेपाली काँंग्रेस बुटवललाई स्थायी राजधानी घोषणा र प्रदेशको नामाकरणको लागि दबाव दिन आज बुटवलमा खबरदारी सभा गर्दै छ ।

गत वर्ष माघ ३ गते काँंग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला बुटवललाई अस्थायी राजधानी घोषणा गरीएको थियो ।

अस्थायी राजधानी घोषणाको वर्षगाँठको दिन पारेर काँंग्रेस रुपन्देहीले स्थायी राजधानी घोषणा गर्न र प्रदेशको नाम लुम्बिनी राख्न दबाव दिन खबरदारी सभा गर्न लागेको काँंग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिनुभयो ।

खबरदारीसभामा नेपाली कांँग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, देवेन्द्रराज कंडेल, मानबहादुर विक लगायतका शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस रुपन्देहकिा सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।

बुटवलको ट्राफिक चोकमा हुने खवरदारी सभापूर्व राजमार्ग चौराहाबाट जनप्रर्दशन समेत गरिने कार्यक्रम रहेको छ।

खबरदारी सभामा रुपन्देहीका १६ वटै स्थानीय तहबाट काँग्रेस नेता कार्यकर्ता र शुभचिन्तक बुटवल आउदै छन । प्रत्येक गाउँमा खबरदारी सभाका लागि बुटवल आउन कार्यकर्ता तथा शुभचिन्तकले तयारी गरेका छन । काँग्रेसले बुटवलमा धेरै कार्यकर्ता उतारेर यसलाई काँग्रेस कमजोर नभएको भन्दै एक प्रकारले शक्ति प्रर्दशन नै गर्न खोजेको छ ।