‘फागुन भित्रै कम्पनीमा जान्छौ’

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाल यातायात राष्ट्रिय ब्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले दिएको समयसिमा फागुन भित्र कम्पनी ऐन २०६३ को दफा ९ शंशोधन भए सबै ब्यवसायीहरु एकै साथ कम्पनीमा दर्ता हुने बताएका छन् ।

‘ब्यवसायी र मजदुरको हित विपरित रहेको उक्त ऐनको दफा शंशोधनका लागि सरकार र ब्यवसायी बीच भएको सहमति कार्यान्वयन तर्फ उन्मुख छ’–अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने–‘ब्यवसायी र सरकारकै हितका लागि पनि उक्त ऐन संशोधन आवश्यक छ ।’ उक्त ऐनले १ सय भन्दा धेरै सवारी साधन दर्ता गर्न नसक्ने ब्यवस्था गरेको बताउँदै कर्माचार्यले देशभर महासंघमा रहेका ३ हजार चार सय गाडी रहेकाले उक्त ऐन संशोधन गर्न आवश्यक रहेको बताए ।

यस अघि दर्ता भईसकेको कम्पनीहरुले हतार गरेका उनको टिप्पणी थियो । काभ्रे बस ब्यवसायी संघको ३१ औ बार्षिक साधारण सभाको उद्घाटन सभामा बोल्दै अध्यक्ष कर्माचार्यले महासंघको निर्देशनमा मात्रै कम्पनीमा जान ब्ययवसायीहरुलाई अनुरोध गरे ।

‘सरकारले सिण्डिकेट खारेजीका लागि गरेको निर्णयले ब्यवसायीहरु संकटमा परेका थिए, पटक पटकको छलफल र वार्ताबाट हामीले निकास निकाल्यौ’–उनले भने–‘नविकरण रोक्का, खाता रोक्का लगायतका निर्देशनहरु फुकुवाका लागि पहल भयो ।’ सबै समस्याको समाधान गर्न अधिकार प्राप्त यातायात प्राधिकरण गठन गर्न माग गरेको उनले बताए ।

अध्यक्ष दिलबहादुर शाहिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको बन्द सत्रले वर्ण शाक्यको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । प्रथम उपाध्यक्ष कृष्णचन्द्र पलाञ्चोके, द्धितिय उपाध्यक्ष बालभत्त प्रधान, सचिव कविरकुमार रञ्जित, कोषाध्यक्ष रामसुन्दर श्रेष्ठ, सह सचिव रामप्रसाद बैद्य, सह कोषाध्यक्ष सुजन पोटे रहेका छन् । त्यस्तै सदस्यहरुमा नविन श्रेष्ठ, राम शाहि, रुपककुमार श्रेष्ठ, अनन्तकुमार लामा, रामकृष्ण श्रेष्ठ, प्रभातकुमार श्रेष्ठ, सत्यजित भैल र बालकृष्ण श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका कन्द्रिय सदस्य सुरकृष्ण बैद्य, जिल्ला अध्यक्ष प्रकाश मानन्धर, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, नेपाल रेडक्रस सोसाईटी काभ्रेका सभापति रघुवर चौ प्रधान, यातायात सेवा समितिका जिल्ला संयोजक राजेशकुमार श्रेष्ठ, काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष राजेशकुमार सैजु, अरनिको यातायात सेवा समितिका प्रथम उपाध्यक्ष चित्रबहादुर कुँवर, हिमाल तराई यातायात सेवा समितिका अध्यक्ष आत्मराम थापा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट ईकाईका अध्यक्ष अर्जुन लामा, विभिन्न क्षेत्रका ब्यक्तिहरुले मन्तब्य राखेका थिए ।