मिडिया नेपाल संघीय संरचनामा जाने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
मुलुक संघीय संरचना अनुरुप सञ्चालन भइरहेकोले ‘मिडिया नेपाल’ले पनि आफ्नो संगठनलाई संघीय स्वरुपमा बदल्ने निर्णय गरेको छ । गोपाल पौडेलको अध्यक्षतामा सोमबार सम्पन्न मिडिया नेपालको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

करिब तीन वर्षअघि स्थापना भएको राष्ट्रवादी सञ्चारकर्मीको संस्था ‘मिडिया नेपाल’ले देशभर आफ्नो जिल्ला कार्यसमिति विस्तार गरेपनि आफूलाई संघीय ढाँचामा परिवर्तित गरेको थिएन । यसैगरी आगामी माघ ४ गते राष्ट्रवादी पत्रकारहरुको सहभागितामा काठमाडौंमा वृहत अन्तरक्रिया कार्यक्रम समेत मिडिया नेपालले आयोजना गर्ने निर्णय गरेको छ ।

यसैबीच गठन हुन बाँकी रहेका केही जिल्लामा आगामी फागुन मसान्तभित्र जिल्ला कार्यसमिति गठन गरिसक्ने मिडिया नेपालले जनाएको छ ।