हस्तकला महासंघमा नयाँ नेतृत्व

0
Shares

काठमाडौं, (नेस)
नेपाल हस्तकला महासंघको नवनिर्वाचित कार्यसमितिले सोमबार पदभार ग्रहण गर्नुभएको छ ।

शनिबार सम्पन्न ३५ औं अध्यक्षमा सुरेन्द्रभाई शाक्य निर्वाचित हुनुभएको छ ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रचण्ड शाक्य, उपाध्यक्ष (उद्योगतर्फ) सनम शाक्य, उपाध्यक्ष वाणिज्यतर्फ रवीन्द्र शाक्य, उपाध्यक्ष (जिल्ला तथा वस्तुगत) तर्फ दिपेन्द्र शाक्य रहनुभएको छ ।

कार्यसमिति सदस्यहरु किरणबहादुर खड्गी, मोहनकृष्ण मानन्धर, सुनीता श्रेष्ठ, चुन्दादेवीसिंह लामा, हिरा भट्टराई, सावित्री सिंह महर्जन, राजेन्द्र शाक्य, विक्रमसिंह महर्जन, प्रताप शाक्य, मनमोहनसिंह मल्ल, जीवनरत्न शाक्य, प्रदीप शाक्य, उपेन्द्र वाराही, सुदन शाक्य र सुविन शाक्य हुनुहुन्छ ।