मन्त्रीले कुटे सचिव, कुटाई खाने सचिव उल्टै प्रहरी नियन्त्रणमा

0
Shares

नेपाल समाचारपत्र, जनकपुर ।
२ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि हातपात गरेका छन् । आइतबार मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेको बताइएको छ । यस सम्बन्धमा मन्त्रालयका सचिव विद्यानाथ झालाई नियन्त्रणमा लिदै प्रहरी ।

संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए। क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएका थिए। त्यसमा ४० वटा संस्था छनोट भएका थिए।

सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरुले प्रहरीले उल्टै मन्त्रीको साथ दिएको भन्दै कार्यालयको मुख्य ढोकामा धर्ना दिएका थिए। मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको हो।