नेपाल समाचारपत्र, इलाम ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १५ औं पटकसम्म अनशन बस्दै आएका वरिष्ठ चिकित्सक प्रा. डा.गोविन्द केसीले आफूसँग भएका सहमति कार्यान्वय नभएको भन्दै १६औं अनशन इलाममा बस्दैछन् ।
डा. केसीले बुधबार अपरान्ह ४ बजेबाट अनशन बस्ने बताएका छन् ।
सरकार र डा।गोविन्द केसीबीच भएको संझौता विपरित शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेको छ। समितिको बुधबार बसेको बैठकले पारित गरेको हो ।
२३ सदस्यीय समितिमा नेकपाका १५, कांग्रेसका ६ र राजपाका २ जना सांसद छन् । कांग्रेस सांसद गगन थापाले समितिको बैठकमा सरकारले डा. केसीसँग संझौता गरी धोका दिएको बताउँदै फरक मत राखेका थिए। उनले डा. केसीसँग गरिएको संझौता अक्षरश:कार्यान्वयन हुनुपर्ने माग गरेका थिए।
सरकारसँग भएको संझौताविपरित विधेयक पारित भएपछि डा.केसी अपरान्ह ४ बजेदेखि इलाममा अनशन बस्दैछन्।उनले अनशन कहाँ बस्ने सोको बारे भने निर्णय भएको छैन।











प्रतिक्रिया