उत्तर गयाधाममा श्राद्ध गर्नेको घुइँचो

0
Shares

शालिकराम चालिसे, नुवाकोट
नुवाकोट र रसुवाको संगमको रुपमा रहेको वेत्रावति नदि किनार उत्तरगया धाममा पौषे औशीेमा लाग्ने मेृलामा दिबंगत पित्तृको सम्झनामाश्राद्ध गर्नेको भिड लागेको छ । रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगयाधाममा शानिबार बिहानैदेखि श्राद्ध गर्नेको घुइँचो लागेको हो । हरेक वर्ष पुषे औँशीमा दिवंगत व्यक्तिको नाममा बेत्रावतीमा पितृ तर्पण गर्ने गरिन्छ ।

नुवाकोट र रसुवाका सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगयास्थित त्रिवेणीमा पौषकृष्ण आमावस्या तथा गयाऔसीको उपलक्ष्यमा आफ्ना मरेका पितृहरुको नाममा पीण्डदान गरिनुका साथै हजारौले स्नानसमेत गरेको लगातार ८ वर्ष उत्तरगयामा पुगेर श्राद्ध गरेका नुवाकोट साहुगाउाका रामप्रसाद देवकोटाले बताए । चारधाम जानुपूर्व उत्तरगया जानै पर्ने र त्यहाँ पितृहरुको सम्झनास्वरुप श्राद्ध गरिए पितृ तर्पण हुने जनविस्वासका कारण प्रायः सबैले उत्तरगया पुगेर श्राद्ध गर्ने गरेको विदुर नगरपालिका वडा नं. ७ का रामकृष्ण रेग्मी वताउंछन् । उनले चार धाम भन्दा उत्तरगयाको निकै महत्व रहेको कारण सर्वसाधारणले वेत्रावतिमा आएर स्नान गरि पीण्डदान गरेको वताए ।

पितृहरुको जन्मेपछि मात्र न्वारन गरिने विश्वासले उत्तरगयामा पुगेर श्राद्ध नगरी अन्यत्र गएर श्राद्ध गर्नुको कुनै औचित्य नहुने भएकाले उत्तरगणमै आएर श्राद्द गरेको भत्तपुरबाट आउनुभएकी वृद्धा भगवती गिरीले बताइन । उत्तरगयामा श्राद्ध गर्न तथा स्नान गर्नका लागि सवै समुदायका सर्वसाधारण पुगेर दिवंगत आफ्ना पितृका नाममा पीण्डदान गरेको श्राद्दमा संलग्न पण्डित विष्णुप्रसाद नेपालले वताए । उत्तरगणमा श्राद्ध गर्न करिव १० हजार पुगेका थिए भने पांचसय जना पण्डित पुरोहित संलग्न थिए ।

चारधाम जानु अघि सबैले उत्तरगयामा पुगेर पिण्डदान गरेमात्र मोक्ष हुने कारण सर्वसाधारण वस रिजर्भ गरेर उत्तरगया पुगेर श्राद्ध गर्ने गरेका छन् । उत्तरगयालाई अन्तरराष्ट्रिय धाम वनाइनु पर्ने उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष शिवशंकर डंगोलले वताए ।

त्रिशूली, सलाखु र फलाखु खोलाको त्रिवेणीस्थल बेत्रावतीमा जौको पिण्ड दिएर बिहानैदेखि श्राद्ध गर्न जाने र फर्कने कार्य भैरहेको स्थानीय बासिन्दा गणेश श्रेष्ठले बताउनुभयो । यो औँशीमा हिन्दु र बौद्ध धर्मालम्बीले उत्तरगयाधाम बेत्रावतीमा पुगेर श्राद्ध गर्ने गर्दछन् । औँशीमा पिण्ड तर्पण गर्नाले दिवंगत व्यक्तिको आत्माले मोक्ष पाउने जनविश्वास रहेको छ । उत्तरगयाको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंशीका दिन बेत्रावतीमा आई पितृहरुलाई पिण्डदान गर्नाले पितृहरु मोक्ष मिल्छ भन्ने बिश्वासका साथ भक्तजनहरुको भीड लाग्ने गर्दछ । देवता र दानवले समुन्द्र मन्थन गर्दा निस्किएको हलाहल नामको कालकूट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको बेत्रगंगा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औंसीका दिन सबै देवता र मृतात्माहरुको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको हो ।

यहाँको श्राद्धको महत्व अहिले आएर मात्र होइन हजारौं बर्ष पहिले ऋषि महर्षिको पालादेखि नै पौसे औसीमा श्राद्ध गर्ने परम्परा चलेको स्थानीयको भनाई छ । पौस कृष्ण औषीका दिन वेत्रावतिमा आमाबाबु नभएकाहरुले यहाँ सके वर्सेनी र नसके जीवनमा एकपटक भएपनि श्राद्ध गर्ने चलन रहेको छ । बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिएका हिन्दकुशक्षेत्रका चार गयामध्ये एउटा गयाको रुपमा पिण्डदान गर्ने चलन रहेको छ । चार गयामध्ये तीन वटा गया भारतमा पर्दछ । भारतमा रहेको चारधाम दर्शन गर्नु भन्दा पहिले यहाँको उत्तरगयामा दर्शन गरे पुण्यप्राप्त हुने धर्मग्रन्थमा उल्लेख छ । उत्तर गयामा पौसे औसीको अवसरमा काठमाण्डौ,ललितपुर, भत्तपुर, मकवानपुर,चितवन मात्र नभई भारितय तिर्थयात्री समेत आउने गरेका छन ।