जीबीजी बिजफेस्ट हुँदै

0
Shares

काठमाडौं, (नेस)
नेपालका प्रविधि व्यवसायीहरूको समँह गुगल बिजनेस ग्रुपले शनिबारे स्टार्टअप मेला जीबीजी बिजफेस्ट आयोजना गर्ने भएको छ । जीबीजी बिजफेस्ट नेपालमा यस प्रकारको पहिलो प्रविधि र व्यवसायसम्बन्धी प्रदर्शनी हो ।

खल्ती डिजिटल वालेटसँगको सहकार्यमा गर्न लागिएको मेलाको उद्देश्य देशभरबाट नवउद्यमीहरु र स्टार्टअप संस्थापकलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवद्र्धन गर्ने रहेको छ । कार्यक्रममा नेपालका एन्ड्रोइड एप्सका डेभलपर र प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।

गुगल बिजनेस ग्रुपका प्रबन्धक अमित अग्रवालले जीबीजी बिजफेस्ट विश्वका विभिन्न देशमा वार्षिक रुपमा हुँदै आएको जानकारी दिनुभयो।नेपालमा पहिलोपटक यस्तो कार्यक्रम गर्न र कार्यक्रमका सहभागीले गुगलका नयाँ टुल र आइडिया सिक्ने अवसर पाउनेछन् ।

मेलामा सहभागी स्टार्टअपहरुका लागि स्टल बुकिङ निःशुल्क गरिएको छ । मेलाको अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएका छन् ।