सिटी एक्स्प्रेसको तेस्रो महिनाको विजेता घोषित

0
Shares

काठमाडाैं, (नेस)
सिटी एक्स्प्रेसको लखपति एक्स्प्रेस योजनाअन्तर्गत साउदी अरबको अरब नेसनल बैंक, टेलि मनिबाट पैसा पठाई तेस्रो महिनाको एक लाखको मासिक लक्की ड्र«मा मोरङकी रुना धिमाल विजेता घोषित हुनु भएको छ ।

उक्त उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत १०८० जनाले २ सय रुपियाँको मोबाइल टपअप, साप्ताहिक रुपमा ३६ जनाले १० हजार रुपियाँर २ जनाले लाख रुपियाँ जितिसकेका छन्।

उपहार योजनाको अन्त्यमा एक जनाले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रालि १२औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपियाँसम्म जित्न सक्ने छन् ।यो योजना असोज १ गतेदेखि मंसिर २९ गतेसम्म चलेको थियो ।यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पँर्ण सेवाग्राही सहभागी भएकाथिए।