एमसीसी परियोजनामा निर्धरित समयमै पूरा गर्ने प्रतिबद्धता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन र अमेरिकी राजदँत रेन्डी डब्लु बेरीबीच बिहीबार भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा ऊर्जामन्त्री पुनले नेपालमा संविधान निर्माण र शान्ति प्रक्रिया सफलतापँर्वक सम्पन्न भएको भन्दै हाल देशमा स्थिर सरकार भएकाले लगानीको लागि उपयुक्त वातावरण भएको धारणा राख्नुभयो ।

उहाँले नेपाल र अमेरिकाबीच न्यानो सम्बन्ध रहेको भन्दै अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री पुन र राजदँत बेरीबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको तयारीको विषयमा समेत छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री पुनले एमसीसी परियोजना निर्धारित समयभित्रै पँरा गर्ने गरी सरकारले तयारी गरिरहेको बताउनुभयो ।

कानुनी जटिलताका कारण एमसीसी परियोजना रोकिने अवस्था आउन नदिने गरी काम भइरहेको मन्त्री पुनको भनाइ थियो ।
आर्थिक विकासको गतिको आधारमा ऊर्जा मन्त्रालयले ऊर्जा क्षेत्रको श्वेतपत्र जारी गरेको भन्दै मन्त्री उहाँले नेपाललाई १० वर्षमा १५ हजार मेगावाट बिजुली आवश्यक हुने जानकारी दिनुभयो । उहाँले आफँ ऊर्जामन्त्रीको रुपमा कार्यभार सम्हालेसंँगै प्रसारणलाइनको गुरुयोजना सार्वजनिक गरेको समेत बताउनुभयो ।

वर्तमान सरकारको प्राथमिकता लगानी र आर्थिक विकास रहेको भन्दै त्यसका लागि नेपाललाई लगानी आवश्यक हुने भएकाले अमेरिकन लगानीकर्तालाई नेपालमा लगानीको लागि वातावरण बनाइदिन समेत उहाँले आग्रह गर्नुभयो ।
भेटमा अमेरिकी राजदँत बेरीले नेपालको ऊर्जा क्षेत्रमा साझेदारी गर्न अमेरिका इच्छुक रहेको धारणा राख्नुभयो ।

उहाँले एमसीसी परियोजनाबारे ऊर्जा मन्त्रालयको प्राथमिकताबारे चासो राख्नुभएको थियो । राजदँत बेरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणमा अमेरिकी विदेशमन्त्री माइक पम्पेसंँग एमसीसी परियोजनालाई अघि बढाउने विषयमा महŒवपँर्ण छलफल भएको जानकारीसमेत दिनुभयो ।

‘एमसीसी परियोजनामा साझेदारीका लागि धन्यवाद दिन चाहन्छौंै, यसको कार्यान्वयनपछि नेपालमा भौतिक पँर्वाधारणको विकास हुनेछ ,त्यसका लागि आगामी दिनमा समेत हामी नेपालको ऊर्जा क्षेत्रमा सहकार्य गर्न चाहन्छौं ।’ ऊर्जामन्त्री पुनसंँगको भेटमा राजदँत बेरीले भन्नुभयो ।

पाँच आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न अनुमति

सरकारले विभिन्न पाँच आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको छ । यसै साता बसेको मन्त्रिपरिषद् बैठकले १२० मेगावाट क्षमताको रसुवा–भोटेकोसी जलविद्युत्, ७ दशमलव २७ मेगावाट क्षमतको याम्बालिङखोला जलविद्युत् आयोजना र २ दशमलव ४० मेगावाट क्षमताको माथिल्लो स्यांगेखोला साना जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको छ ।

त्यस्तै पाथिभरा देवी दर्शन केबलकार योजना तथा चुनढुंगा एवम् पत्थर कोइला उत्खनन् योजना सञ्चालनका लागि पनि वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद्ले अनुमति दिएको छ ।