पाँच करोडको मोटर पुल अलपत्र

0
Shares

किरन धामी, दार्चुला
दार्चुला तिंकर सडक खण्ड अन्र्तगत पर्ने लास्कुखोला र निजङगाड खोलामा रहेका ५ करोडका दुई वटा मोटर पुल अलपत्र परेका छन् । आर्थिक वर्ष २०७२÷०७३ मा निर्माण कम्पनी संग सम्झौता भएका पुल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कम्पनी संग १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको दार्चुला तिंकर सडक योजनाका निमित्त प्रमुख दिनेश रैखोलाले जानकारी दिए ।

महाकाली नगरपालिकाको वडा नम्बर ४ लास्कुखोलामा मोटर पुल निर्माणका लागी निर्माण कम्पनी संग २०७२ साल चैत्र १५ गते ३ करोड ५४ लाख ५१ हजार ४ सय ६३ रुपैया तथा नगरपालिकाको वडा नम्बर १ निजङगाड खोला मोटर पुल निर्माणका लागी २०७२ फागुन ५ गते २ करोड १५ लाख ४ हजार ६ सय ११ रुपैयामा सम्झौता भएको उनले जानकारी दिए ।

पुल निर्माणका लागी सम्झौता भएका कम्पनीहरुको म्याद सकिएको उहाले जानकारी दिनुभयो । ६ महिनाका लागी थप गरिएको म्याद समेत सकिएको निमित्त प्रमुख रैखोलाले जानकारी दिए । लास्कु खोला पुल निर्माणका लागी राजेन्द्र देव सिह मालिकार्जुन जेभि संग सम्झौता भएको थियो, भने निजङगाड खोला पुल निर्माणका लागी राजेन्द्र मालिकार्जुन जेभि संग सम्झौता भएको उनले जानकारी दिए ।

पुल निर्माणका लागी सम्झौता भएको ४ वर्ष विति सक्दा समेत पुल निर्माण कार्य सम्पन्न हुन सकेको छैन् । हाल पुलको वारीपारीका पिलरहरु मात्रै निर्माण गरिएको अवस्था छ । निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको लापर्वाहीका कारण ५ करोडका पुल अलपत्र परेका हुन् । यसै विच उक्त पुलहरुको निर्माण कार्य ३ महिना भित्र सम्पन्न गर्न दुहुँ गाउँपालिकाका जनप्रतिनिधिहरुको टोलीले दार्चुला तिंकर सडक योजनालाई बुधबार ज्ञापन बुझाएका छन् ।