चिरञ्जीवी मास्के, दोलखा
दोलखा सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पताल (प्राथामीक स्वास्थ्य केन्द्र) ले विरामीको उपचारमा डिजिटल प्रविधि अपनाको छ । राजधानि काठमाडौँको नर्भिक र ग्राण्डीलेमात्र सुरु गरेको डिजिटल प्रविधि प्रस्तावित चरिकोट अस्पतालले २०७२ सालबाट सुरु गरेको हो ।
२०७२ सालको भुकम्प पछि सदरमुकाम चरिकोटमा रहेको प्राथामीक स्वास्थ्य केन्द्रलाई न्याय हेल्थले प्रस्तावित चरिकोट अस्पतालको रुपमा सञ्चालन गर्न थालेपछि डिजिटल प्रविधि सुरु गरेको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले बताए ।
डिजिटल प्रविधिमा हरेक विरामीको इलेक्ट्रोनिक हेल्थ रेकर्ड (इएचआर) राख्ने गरिन्छ । यसरी कम्प्युटरको माध्यमबाट इलेक्ट्रोनिक हेल्थ रेकर्ड राखिए पछि हरेक रोगको रेकर्ड रहने भएकोले विशेषज्ञ स्वास्थ्यकर्मी, आवश्यक औषधि र थप प्रविधिहरु भित्राउन सहज हुने, विरामीले पूर्जी हराए पनि फलोप चेकअपमा समस्या नहुने, रोगको परिक्षणमा सहज हुने, पब्लिक हेल्थ जनचेतनामा सहयोग पुग्ने, स्थानिय तथा केन्द्रिय सरकारलाई रोगको तथ्याङ्क हेरेर योजना बनाउन सहज हुने अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगाल बताउछन् ।
हरेक विरामीको इलेक्ट्रोनिक हेल्थ रेकर्ड रहने भएकोले उपचारमा जटिलता भएको अवस्थामा तत्कालै स्वदेशी एवं विदेशी विशेषज्ञ डाक्टरहरुसंग परामर्श लिएर उपचार गर्न समेत सहज हुने डाक्टर दंगाल बताउछन् । कतिपय विरामीहरुलाई त्यसरी विशेषज्ञ डाक्टरको सल्लाह लिएर उपचार गरिएकोले उनीहरुको समय र पैसाको समेत बचत भएको डा दंगालको अनुभव छ ।
इलेक्ट्रोनिक हेल्थ रेकर्ड भएपछि दोलखा जिल्लाको कुन कुन ठाँउबाट कस्ता कस्ता विरामी आउने गरेको छ भन्ने जानकारी हुने र त्यसको आधारमा अस्पताल या अन्य निकायले स्वास्थ्य शिविरहरु सञ्चालन गर्न समेत सहज हुने डाक्टर दंगाल बताउछन् ।
अस्पतालमा २०७२ साल माघ ५ गतेबाट इलेक्ट्रोनिक हेल्थ रेकर्ड सुरु गरेपछि अहिलेसम्म एक लाख ७४ हजार विरामीको रेकर्ड राखिएको प्रस्तावित चरिकोट अस्पतालले जनाएको छ । अस्पतालमा रहेको रेकर्ड अनुसार सबैभन्दा बढी मांसपेशी, हाड र नसा दुखाईको विरामी आउने गरेका छन् । त्यसपछि ग्यास्ट्रिक र मुटुरोगका विरामी आउने गरेको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर दंगालले बताए ।











प्रतिक्रिया