फेरी अर्को अग्लो झोलुङ्गेपुल

0
Shares

नेपाल समाचारपत्र, पर्वत
अग्ला र लामा झोलुङ्ग पुलको जिल्लाको नाममा परिचित हुन् लागेको पर्वतको कुस्माबजारलाई ज्ञादी जोड्न फेरी अर्को अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । कुश्मा नगरपालिका –७ खरेहा र कुश्मा– ९ कटुवाचौपारी जोड्ने अर्को अग्लो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

मोदीखोलामा निर्माण भएको खरेहा अधिकारी फाँट पुल १ सय २८ मिटर अग्लो र ३ सय ५९ मिटर लामो छ । मोदी र कालीगण्डकीमा निर्माण भएका अन्य पुल भन्दा यो पुल केही होचो छ । कुल १ करोड ९१ लाखको लागतमा पुल निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष नारायण शर्माअधिकारीले बतानुभयो । ‘अबको १ महिनामा पूर्णरुपमा निमार्ण भईसक्छ, अध्यक्ष अधिकारीले भन्नुभयो ‘यसले यहाँका बासिन्दाको दैनिकीमा सहजता प्रदान गर्छ ।’

पुल बनेपछि खरेहाबाट ज्ञादी र बितलबका बासिन्दालाई सुबिधा पुगेको छ । उनीहरुको पैदल दुरी एक घण्टाबाट घटेर १० मिनेटमा छोटिएको छ भने उत्पादित कृषि उपजहरु कुस्माबजार सम्म पुर्याउन सहज हुने भएको छ । ‘अब यहाँको दुरी पनि छोटिन्छ राष्ट्रिय राजमार्ग सम्म जोड्ने सजिलो हुन्छ,’स्थानीय शिक्षक पिताम्बर अधिकारीले भन्नुभयो ,‘यो पुलले सम्रग जिल्लाको पर्यटन प्रवद्धनमा ठुलो टेवा पु¥याउने उनको भनाई छ । देशका विभिन्न क्षेत्रबाट कुश्मामा आउने पर्यटकहरुले यो पुलसंगै यहाँका अन्य क्षेत्रको भ्रमण गर्ने अपेक्षा छ ।

पुल निमार्ण भए पछि यसको आसपासमा साना ठुला होटल,चियापसल,तरकारी पसल पनि सञ्चालन गर्न सकिने वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले बताए । उनले भने,‘यहाँका खाली जमिनको पनि मुल्य वढ्ने बताउनुभयो । वडाकार्यालयले विभिन्न प्रकारका होमस्टे लगायत संचालन गर्न थप सहयोग पुग्ने उनको विश्वास छ ।