होमस्टेको माध्यमबाट ग्रामिण पर्यटनको विकास गर्न माग

0
Shares

भक्तपुर ,(नेस)।
प्राकृतिक र सांस्कृतिक सम्पादको धनी नेपालका धेरै ग्रामीण क्षेत्रहरुमा पर्यटनबाट देश र जनताको आर्थिक स्तर उकास्न सकिने सरोकारवालाहरुको भनाई रहेको छ ।भक्तपुरको नगरकोट सामुदायिक होमस्टे बास्तोलागाउँमा होमस्टे संचालनको लागि के कस्तो मापदण्ड निर्माण गर्ने, कस्ता सुझाव दिने भन्ने विषयमा दुई दिने अन्तरक्रिया कार्यक्रम विहिबार सम्पन्न भएको हो ।

नेपालका ३९ जिल्लाका १ सय २५ स्थानमा घरबास होमस्टे दर्ता गरेर नै संचालनमा आएको जानकारी होमस्टे एशोसियन नेपालले दिएको छ । जसमा जसमा प्रदेश नम्बर २ मा दुई रहेका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म कुनै होमस्टे दर्ता नभएको एशोसिएनका अध्यक्ष भिम बहादुर के.सीले जानकारी दिएका छन् ।

३ नम्बर प्रदेशका १३ जिल्लामा एक–एक स्थानमा थप नयाँ होमस्टे यो आर्थिक वर्ष भित्र संचालन गर्ने तयारी समेत रहेको छ । प्रदेश सरकारले ३ नम्बर प्रदेशमा होम स्टे (घरबास) संचालन सम्बन्धी मापदण्ड निर्माण गर्ने भएको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्र्तगतको पर्यटन विकाश आयोजनाले उक्त कार्यक्रमको आयोजना गरेको हो । अन्तक्रियाले होमस्टे संचालन कार्यविधी २०७५, प्रदेश न . ३ को मस्यौदा माथी दफाबार छलफल गरि मन्त्रीपरिसद बैठकमा लाने निर्णय गरेको हो ।

उक्त कार्यक्रमको उद्घाटन समारोहमा ३ नम्बर प्रदेश संसदको पर्यटन उपसमितिका संयोजक कुसुमकुमार कार्की, उपसंयोजक प्रतिमा श्रेष्ठ, सांसद सरस्वती बाटी, होमस्टे एसोसिएनका केन्द्रिय अध्यक्ष भिम बहादुर के.सी लगायतले होमस्टेलाई व्यवस्थित गर्दै ग्रामीण पर्यटनको विकास गर्नुपर्ने बताएका छन् । उक्त कार्यक्रममा होसानका केन्द्रिय, ३ नम्बर प्रदेश स्तरिय, होमस्टे संचालकहरु गरि करिब ४० जनाको सहभागिता रहेको नगरकोट सामुदायिक होमस्टे अध्यक्ष सुरज बास्तोलाले जानकारी दिएका छन् ।