सरोज यादव
विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्ष जनशक्तिको अभाव पूर्ति गर्ने गरी नयाँ शिक्षा प्रणालीको विकास आवश्यक रहेको बताउनुभएको छ । विराटनगर स्थित पूर्वाञ्चल विश्वविद्यालयको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको उत्पादनसँग शिक्षा प्रणाली नजोडिएको कारण युवा पलायन हुने अवस्था आएको वताउनुभयो ।
परनिर्भरता हटाउदै जानुपर्नेमा जोड दिदै राष्ट्रपतिले वैदेशिक पलायन रोक्ने शिक्षा आवश्यक रहेको बताउनुभयो ।
सोही कार्यक्रममा बोल्दै विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले पूर्वाञ्चल विश्वविद्यालय सामान्य ढंगले चलेर अबको आवश्यकता धान्न नसक्ने बताउनुभयो । उहांले पूर्वमा उत्पादन हुने अदुवा, अलैंची, अम्लिसो लगायतका कृषि उत्पादनलाई व्यवस्थापन प्रबद्र्धन तथा बजारीकरणमा सहयोग पु¥याउने जनशक्ति उत्पादन हुनुपर्नेमा जोड दिनुभयो ।
पूर्वको पहिचान बन्ने थेप्रै सामाग्रीहरु रहेका छन अब सवैले यिनलाई नजिकबाट चिन्न सक्नुपर्छ र यसको सरक्षण , प्रबद्र्धन र बजारीकरणमा लाग्नुपर्छ मन्त्री पोखरेलले भन्नुभयो –विश्वविद्यालय अब सामान्य ढंगले चलेर अबको आवश्यकता धान्न सकिदैन ।
प्रदेश नम्वर १का मुख्यमन्त्री शेरधन राईले समृद्ध नेपाल र सुखी नेपालीको चाहना पुरा गर्ने जनशक्ति कसरी पुरा गर्न सकिन्छ भन्ने तिर विश्वविद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।
पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, विराटनगर उपमहानगरपालिकाका तत्कालिन मेयर अशोक कोइराला, विश्वविद्यालयका पूर्व उपकुलपति तोरणवहादुर कार्की, विश्वविद्यालय सेवा आयोगका पूर्व प्रमुख कृष्ण पोखरेल तथा पूर्वाञ्चल विश्वविद्यालयका प्रथम उपकुलपति स्व. धुर्व नारायण लाल दासलाई सम्मान गरिएको थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले रजत स्तम्भको पनि उद्घाटन गर्नुभयो । २०५२ साल पुस १९ गते स्थापना भएको उक्त विश्वविद्यालय अन्तर्गत २८ हजार विद्यार्थी अध्ययनरत रहेका छन् भने ६ वटा संकाय अन्तर्गत ८० वटा व्यवसायिक र प्राविधिक विषयका शैक्षिक कार्यक्रमहरु, संचालन भइरहेका ९ वटा आंगिक एवं १ सय २१ वटा सम्बन्धन प्राप्त क्याम्पसको शैक्षिक गुणस्तरका लागि विभिन्न कार्यक्रम संचालन गर्ने योजना बनाएको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासले बताउनुभयो ।











प्रतिक्रिया