सीद्वारा ताइवान मुद्दामा सम्बोधन


बेइजिङ (एजेन्सी)
चीनका राष्ट्रपति सी जिनपिंगले ताइवान प्रतिको बेइजिङको कडा नितितर्फ संकेत गर्दै स्वतन्त्रताका कुरा त्यागेर ‘एक देश दुई प्रणाली‘का आधारमा चीनसँग शान्तिपुर्ण पुनःएकिकरण‘ अपनाउन भनेका छन् ।

यदि ताइपेइले स्वतन्त्रताको विचारमा कायम राखेमा बेइजिङ सेना प्रयोग गर्ने विकल्पबाट पछि नहट्ने उनले चेतावनी दिए । ‘आफना ताइवानी मित्रहरुका लागि सन्देस‘ जारी गर्दै राष्ट्रपति सीले ताइनवान सम्बन्धी चीनको ऐतिहासिक निति प्रतिपादन गरिएको ४० औं बर्षगाँठमा आयोजित एक कार्यक्रममा आफनो भाषणमा ताइवानको शान्तिपुर्ण पुन एकिकरणका लागि हङकङको जस्तै ‘एक देश दुई प्रणाली‘को प्रस्ताव राखेका छन् ।

‘एक देश दुई प्रणाली‘का आधारमा शान्तिपुर्ण पुनःएकिकरण अपनाउन आह्वान

६५ बर्षिय सीले शान्तिपुर्ण पुनःएकिकरण सबैका लागि हितकारी बताउँदै भने– एक चिनिया अर्को चिनियाँसँग लड्दैन ‘। स्वतन्त्रताका कट्टर समर्थक ताइवानकी राष्ट्रपति साई इंग वेनलाइ कडा सन्देश दिँदै सीले भने– हामी बल प्रयोगबाट बच्ने कुनै प्रतिबद्धता गर्दैनौ र सबै आवश्यक कदम उठाउने विकल्प खुला राख्छौं ।

हङकङ र मकाउ दुबै ‘एक देह दुई प्रणालीका आधारमा चीनमा एकिकृत गरिएको र उनीहरुले आफनो स्वायत्तता कायम राखेको सीले बताए । देशब्यापी टेलिभिजनमा प्रत्यक्ष प्रसारित आफनो भाषणमा सीले भने– शान्तिपुर्ण पुनःएकिकरण र ‘एक देश दुई प्रणाली‘ राष्ट्रिय पुनःएकिकरण हासिल गर्ने सर्वश्रेष्ठ माध्यम हो । यसले चिनियाँ जनताको त्यो ज्ञानलाई प्रतिविम्बित गर्नेछ जसमा सबै नदि सागरमा समाहित हुन्छ ।

सीले ताइवानलाई हालैका महिनामा अमेरिकाको बढ्दो समर्थनको अप्रत्यक्ष संकेत दिँदै उनको सन्देश हस्तक्षेप गर्ने बाहिरी तत्वका लागि नभई ताइवानी साथीहरुका लागि भएको बताए । आफनो सन्देश ताइवानको स्वतन्त्रताका समर्थक पृथक्तवादी र उनीहरुको गतिविधिका लागि भएको सीले बताए ।