मन्दिर प्रवेशगरी दुई महिलाले इतिहास रचे


नयाँदिल्ली,(एजेन्सी)
दक्षिण भारतिय राज्य केरलाको एउटा चर्चित हिन्दु मन्दिरमा प्रवेशगरी दुईजना महिलाले इहिासै रचेको प्रहरीले बुधवार जनाएको छ । परम्परगत रुपमा सयौ वर्ष देखि नै उक्त सावरीमाला मन्दिरमा रजश्वला हुने उमेरका अर्थात १० देख ५० वर्षका महिलाहरुलाई प्रवेश वर्जित गरिएको हो ।

सो परम्परा तोडन् नदिन महिनौं देखि पुरतनवादी भारतियहरुले विरोध प्रदर्शन गर्दै आएका हुन् । भारतको सर्वोच्च अदालतले उक्त प्रतिवन्ध विरुद्ध आदेश दिइसकेको छ । तर मन्दिरमा प्रवेश गर्न खोज्ने महिलाहरु माथि अतिवादी हिन्दु समुहले आक्रमण गर्दै आइरहेको छ ।

ति दुई महिला मनिदरमा प्रवेश गरेपछि पुन चर्केको विरोधको क्रममा प्रदर्शनकारीहरुलाई तितरवितर गर्न केरलाका विभिन्न स्थानमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

बुधवार बिहान सवेरै भगवान आयाप्पा रहेको सो मन्दिरमा चालिस वर्षिया विन्दु आम्मीनी र ३९ वर्षिया कानाका दुर्गा प्रवेश गरेका थिए । आम्मीनले आफुहरु विहान सवेरै मनिदर भित्र गएर केहि मिनेट भगवानको दर्शन गरेर आएको विविसिलाई बताएकी छिन् ।

सर्वोच्च अदालतको निर्णयको समर्थन गर्ने केरलाको मुख्य मन्त्री पिनारायी विजायनको सरकाले ति महिलाको मन्दिर प्रवेश ऐतिहासिक घटना भएके पत्रकारहरुलाई बताएको छ ।