चन्द्रमामा चीनको ऐतिहासिक अभियान


बेइजिंग,(एजेन्सी)
चीनले चन्द«माको टाढाको भागमा पहिलो पटक रोबोट युक्त अन्तरिक्ष यान अवतरण गराउने तयारी गरिरहेको छ । चीनको सरकारी संचार माध्यम सिन्ह्वाले विहिवार ल्यान्डर र रोभरलाई चन्द«माको सतहमा तैनाथ गराइने जनाएको छ । ति अन्तरिक्ष यानमा चन्द«माको सो क्षेत्रको भौगर्भिक तथा जैविक प्रयोगका लागि आवश्यक उपकरणहरु पनि साथमा लगेका छन् ।

पछिल्ला दिनहरुमा चांग ए – ४ नामक अन्तरिक्षयान अवतरणका लागि चन्द«माको कक्षमा ओरालिँदै गरिएको हो । तर आधिकारिक रुपमा चीनले ठ्याककै कुन समय उक्त यानले चन्द«माको भोन काम्र्यान खाल्डोको सतह छुने हो भन्ने जनाएको छैन ।

सरकारी अखवार चाइना डेलीले भने २ वा ३ जनवरीमा सो यान अवतरण हुने जनाएको छ । यो मिसन चीनको यसअघिको चान्दि«क अभियान भन्दा बढी जोखिमपुर्ण र साहसिक हुने बताइएको छ । यसअघि सन् २०१३ मा प्रक्षेपण गरिएको चाँंग ए – ३ अन्तरिक्ष विमान चन्द«माको मेर इम्व्रियम क्षेत्रमा अवतरण भएके थियो ।

चीनको यस पछिल्लो अन्तरिक्ष अभियानको उद्देश्य चन्द«माको चटान र माटोको नमुनाहरु पृथ्वीमा ल्याउनु रहेको बताइएको छ । झण्डै पचास वर्ष अघि अमेरिकाले अपोलो अन्तरिक्ष अभियान अन्तर्गत पहिलो पटक चन्द«मामा मानव अवतरण गराउन सफल भएको थियो ।