ससुरालीमा अपमान हुँदा हत्या


बैंकक (एजेन्सी)
थाइल्यान्डमा एक ब्यक्तीले आफना सुसुराली खलकद्वारा अपमानित भएको महसुसपछि आफना बच्चाहरु सहित परिवारका ६ सदस्यको हत्या गरेका छन् । उक्त हत्याकान्ड नयाँ बर्ष मनाउने क्रममा भएको हो । उनले आफना दुई बच्चा लगायत ६ सदस्यको गोली हानी हत्या गरेको र आफैलाई पनि गोली हानेका थिए ।

ती ब्यक्तीको पहिचान सुसिप सोर्सँग भएको प्रहरीले जानकारी दिएको छ । उनी आधा रातमा आफ्नी पत्नीको परिवार सदस्यहरुसँग नयाँ बर्ष स्वागतको उत्सव मनाउन ससुराली पुगेका थिए । उक्त घटना हुँदा सुसिप नसामा चुर थिए ।
प्रहरीले घटनाको जानकारी दिँदै भने– सबै पिडित उनका परिवारका सदस्य हुन् । यसमा उनका ९ बर्षका छोरा र ६ बर्षकी छोरी पनि परेका छन् ।
आरोपी ज्वाई भएर पनि पत्नीका परिवारबाट उनको स्वागत नगरेकोमा रुष्ट भएको प्रहरीले बताए ।