विपन्नलाई कम्बल वितरण

0
Shares

हेटौंडा, (नेस)
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुर सभापति एवम् कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बिकट राक्सिराङ–१, २, ३ र ४ नम्बर वडाका चेपाङलाई मंगलबार ४ सय ६५ थान कम्बल बितरण गर्नुभएको छ ।

जाडोको समयमा चेपाङ परिवार कठ्यांग्र्रिएर बस्न नपरोस् भन्दै ४ वटा वडाका चेपाङ परिवारलाई कम्बल बितरण गरिएको उहाँले बताउनुभयो । प्रदेशसभा सदस्य सन्त चेपाङ, गाउँपालिका प्रमुख राजकुमार मल्ल, उपप्रमुख निर्मला हिम्डुङ, कांग्रेस १ नम्बर क्षेत्रीय सभापति एवम् बकैया गाउँपालिका प्रमुख दामोदर खनाल, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, मनहरी गाउँपालिका सचिव प्रकाश बर्तौला, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन बिडारी, राक्सिराङ–२ का अध्यक्ष सूर्यबहादुर मुक्तान र साबिक सरिखेत सभापति वीरेन्द्र जिम्बालगायतले कम्बल बितरण गर्नुभएको थियो ।