यमलाल भुसाल, बुटवल
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिकाका वडा नम्बर– २ का वडा अध्यक्ष विगत १७ दिनदेखि सम्पर्क बिहीनहुदाँ पनि प्रहरी प्रशासनले खोजीका लागि चासो नदिएको परिवारले गुनासो गरेका छन् । सत्ता पक्षकै जनप्रतिनिधी हराउदाँ समेत सरकारले खोजी गन नसक्नुले जिल्लामा सरकारको आलोचना हुन थालेको छ ।
यही पौष २ गते सन्धीखर्क जान्छु भनेर घरबाट निस्केका अध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) अहिलेसम्म सम्पर्कमा आएका छैनन । उनका परिवारले अध्यक्ष भुसालको खोजी गर्नका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पौष ४ गते निवेदन दिएपनि अहिलेसम्म पत्ता लाग्न नसकेको विनोदका दाजु जीवलाल भुसाले बताउनु भयो ।
जिल्लामा गरिएको पत्रकार सम्मेलनले प्रहरी प्रशासनले खासै चासो नदेखाएकाले सरकार र प्रशासनलाई थप दवाव दिन बुधबार रुपन्देहीको बुटवलमा वडाध्यक्ष भुसालका दाजु जीवलाल पत्रकार भेटघाट गरी खोजीमा सहयोग पुराउन मिडियाकर्मीहरुलाई आग्रह गनु भयो ।
अर्घाखाँची सदरमुकाम जान्छु भनेर गत पुस २ गते बिहान घरबाट निस्केका वडाअध्यक्ष भुसाल अहिलेसम्म सम्पर्कमा नभएकाले घरपरिवारले चिन्ता गरेका छन् । दाजु जीवलालका अनुसार ‘सन्धीखर्क गुन्टेखोलास्थित एमाहाको मोटरसाइकल ग्यारेजमा मोटरसाईकल मर्मत गर्न दिएर कपिलवस्तुको गोरूसिंगे जान्छु भनेर हिडेको जानकारी भएको तर अहिलेसम्म अवस्था अज्ञात छ ।
फोन गर्दा उनको मोवाइल कपिलवस्तु वनगाईका बसका चालकले उठाएको र चालकले गाडीमा मोबाइल भेटाएको भनेर मोवाईल फिर्ता गरेको विष्णुको दाजु जीवलाल जानकारी गराएका छन् । ४१ वर्षिया विनोद तत्कालिन एमालेबाट वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधी हुन ।
उनका १ छोरा, १ छोरी र श्रीमती छन् । उनका परिवारले पुस ४ गते नैं प्रहरीमा निवेदन दिएका थिए । वडाध्यक्ष विष्णुका नाताले सानावा यदुनाथ पाण्डेले आफूहरुले उनको खोजीका लागि प्रहरीलाई निवेदन गर्दा समेत खासै चासो नदिएको बताउनु भयो ।
वडाध्यक्ष विष्णु फर्निचर व्यवसायी पनि गर्दै आएका थिए । उनको कसैसँग केही विवाद र झैझगडासमेत नभएको घर परिवारले बताएका छन् । परिवारले पौष १० गते सन्धीखर्कमा पनि पत्रकार सम्मेलन गरेका थिए ।











प्रतिक्रिया