नगरपालिका र वडा कार्यालयको काम ठप्प

0
Shares

लमजुङ, (नेस)
सुन्दरबजार नगरपालिका कर्मचारीले काम ठप्प पारेका छन् । सो कार्यालय लेखपाल श्यामबहादुर पराजुलीलाई रक्ताम्य हुने गरी कुट्ने अभियुक्तलाई पक्रने र कारवाहीको प्रक्रिया अघि नबढाएको कारण काम ठप्प पार्नु परेको आन्दोलनकारी कार्मचारीले बताएका छन् ।

उक्त नगरपालिकाको औषधि खरिद सम्बन्धी टेण्डरका बारेमा स्थानीय जनशक्ति युवा क्लबका अध्यक्ष नवीन श्रेष्ठले मरणासन्न हुने गरी पुस १६ गते कुटेर फरार रहेको उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
सो घट्नाका दोषिलाई कारवाही नगरिएपछि नगरपालिका मात्र नभई सो अन्तरगतका वडा कार्यालयका कर्मचारीले समेत काम ठप्प परेका हुन् ।

सो घट्नाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी नगरपालिकामा कर्मचारीले काम गरेका रहेनछन्, के हुँदैछ भन्ने जिल्लामा हामी खोज्ने काममा लागिरहेका छौँ प्रहरी नायव उपरीक्षक यादव ढकालले बताउनु भयो । कर्मचारी पिट्ने व्यक्ति सरकारका मान्छे हुन् रे ! त्यसैले उनलाई पक्रन प्रहरीलाई गाह्रो भएको छ भन्ने सुन्नमा आएको छ नि ? भन्ने थप जिज्ञासामा बदमास मान्छे कसैको हुँदैन हामी कानुनी कारवाहीको दायरामा ल्याउँछौँ त्यस्तो दबाब छैन ढकालले भन्नुभयो ।