तेहरानमा इरानी अधिकारी र तालिबानबीच वार्ता


तेहरान (एजेन्सी)
अफगानिस्तानमा विगत १७ बर्ष देखि चलिरहेको संघर्ष अन्त्य गर्ने उद्देस्यले दोश्रो चरणको शान्तिवार्ताका लागि अफगान तालिबान तेहरा आइपुगेको इरानले जनाएको छ ।

अमेरिकी सैनिक फिर्ता गर्ने अमेरिकी राष्ट्रपतिको संकेतपछि छिमेकी अफगानिस्तानमा शान्तिका लागि इरानले ठोस प्रयास गररहेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता बहराम घासेमीले सोमबार तालिबानका एक प्रतिनिधि मन्डलले आइतबार इरानका उप विदेशमन्त्री अब्बास अरघचीसँग वार्ता गरेको जानकारी दिएका छन् ।

देशका उच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव अली शमखानीको अफगानिस्तान यात्राको केही दिनपछि पछिल्लो घटनाक्रम विकसित भएको हो । उनले अफगानिस्तानमा तालिबानसँग वार्ता भएको पत्रकारहरुलाई बताएका थिए । इरान सँधै यस क्षेत्रमा स्थिरताको पक्षमा रहेको दुर्ब देशबीचको सहयोगबाट अफगानिस्तानमा सुरक्षाको मुद्दाको समाधानमा मद्दत मिल्ने उनले बताए ।

इरान र तालिबानबीच यसअघि पनि वार्ताको समाचार आएको थियो तर तेहरानले यसलाई अस्विकार गरेको थियो । इरानको प्राथमिकता अफगान समुह र देशको सरकारबीचको समझदारीलाई प्रोत्साहनमा मद्दत गर्नु रहेको घासेमीले बताए ।

तालिबानले डिसेम्बरको सुरुवातमा अमेरिका, पाकिस्तान र संयुक्त अरब इमिरेट्ससाग वार्ता गरेको थियो तर अफगानिस्तानका प्रतिनिधिमण्डलसँग भेट्न अस्विकार गरेको थियो । आगामी दुई हप्ता भित्र आफुले अफगानिस्तानको यात्रा गर्ने घासेमीले बताए ।