सिन्धु विकास बैंक र फिनिक्स क्यापिटलबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
सिन्धु विकास बैंकबाट सेवा लिने ग्राहकले फिनिक्स क्यापिटलद्वारा सञ्चालित डिजिटल मार्केट प्रणालीअन्तर्गत प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न सक्ने छन् ।

सिन्धु विकास बैंकका सेवा सुविधा लिन चाहनेलाई फिनिक्स क्यापिटलका विशेषज्ञले बैंकका सेवा सुविधाको बारेमा जानकारी दिने, उपयुक्त सेवा सुविधा छनोट गर्न तथा बैंकलाई आवश्यक पर्ने कागजात तथा कर्जा प्रस्ताव निर्माण गर्न सहयोग गर्ने छन् ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र फिनिक्स क्यापिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत बिकल चौलागाईंले हस्ताक्षर गर्नुभएको थियो ।