एनसीसी बैंकको शाखा अर्गलीमा

0
Shares

काठमाडौैं, (नेस)
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले पाल्पाको तानसेन नगरपालिकास्थित अर्गलीमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरजीवी नेपालले उद्घाटन गर्नुभयो ।

उक्त अवसरमा रुरु संस्कृत विद्यापिठका प्राचार्य लीलामणि शर्मा, उद्योग वाणिज्य संघ पाल्पाका सदस्य विष्णु न्यौपानेलगायतले शुभकामना व्यक्त गरेका थिए ।

बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल, शाखा प्रबन्धक मानबहादुर रावलले मन्तव्य राखेका थिए ।