भरतीयले अपहरण गरेका नेपालीलाई शसस्त्रले मुक्त गराए

0
Shares

विमल बिष्ट, डोटी ।
सुदूरपश्चिम प्रदेशको बझाङ्ग जिल्लाबाट तीन दिनदेखि अपहरणमा परेका एक युवकलाई कैलालीको शसस्त्र प्रहरीको टोलीले भारतको पलियाबाट अपहरण मुक्त गरेको छ ।

भारतको उत्तर प्रदेश स्थित खिरी जिल्लाको पलिया भन्ने स्थानमा लगेर राखिएका बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का धनराज जोशीलाई कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको निर्देशनमा शसस्त्र प्रहरीको कैलालीमा तैनाथ रहको शसस्त्र प्रहरीको गणका निमित्त गणपती बिष्णुप्रशाद भट्टको टोलीले दुई घण्टा भित्रमै अपहरण मुक्त गरेको शसस्त्र प्रहरीका डिएसपी दीपक कुँवरले जानकारी दिनुभयो ।

अपहरण मुक्त भएका युवालाई स्थानीय जन प्रतिनिधिहरुको जिम्मा लगाईएको छ । दुर्गाथली गाउँपालिका ४ का २६ वर्षिय जोशीलाई भारतीय एसएसबी ३९ नम्बर बटालिएन संग समन्वय गरी अपहरण मुक्त गरेर जन प्रतिनिधिको जिम्मा लगाइएको सशस्त्र प्रहरी वल कैलाली स्थित ३४ नम्बर गण धनगढीले जनाएको छ ।

पलिया घर भएका ५० बर्षीय रेहाना खाँ र जोशीले मिलेर जेसिभी स्काभेटर भाडामा लिएर सञ्चालन गरिरहेका थिए । दुवै बीच केही मतभेद भएछि खाँ ले जोशीलाई घुम्न जाउ भनेर पलिया पु¥याएर अपहरण गरेको शसस्त्र प्रहरीको दाबी छ । आफनो मान्छेलाई अपहरण मुक्त गराएको भन्दै धनराजका परीवार शसस्त्र प्रहरी संग खुसि हुनुका साथै धन्यबाद समेत दिएका छन् ।

उता अपहरण गर्ने भारतीय नागरीक खाँ लाई भारतीय प्रहरीले कार्वाहि गर्ने भन्दै भारतमै राखेको बताईएको छ ।