काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्य डिग्रिमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान पौने ९ बजे गरेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियस रहेको छ । तापक्रम घट्ने क्रम जारी रहने भएकाले चिसो अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान रहेको छ ।

प्राकृतिक कारणसँगै जम्मु कास्मिरबाट नेपालतर्फ बहेको चिसो वायुले तापक्रम घटेको मौषमविद्हरु बताउँछन् । यस बाहेकका सहायक कारणले पनि चिसो बढाइरहेको बताइएको छ ।

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लागे पनि यस वर्ष माइनसमा झर्ने सम्भावना नरहेको मौसमविद्हरुको अनुमान छ ।