जीपको ठक्करबाट बृद्धको मृत्यु

0
Shares

सलिम अन्सारी, प्युठान ।
जुवार देखि बाग्दुला तर्फ कुखुराको चल्ला बोकेर जाँदै गरेको जिपको ठक्करबाट सोमबार यहाँ एकजनाको मृत्यु भएको छ। प्युठान नगरपालिका ७ पुर्ण्यखोलामा से १ च २१७३ लिपकोट निवासी ६३ बर्षीया ईश्वर वहादुर बिकको मृत्यु भएको प्युठान प्रहरी प्रमुख निर्मल बुढाथोकीले बताए। उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा ज्यान गएको हो।

मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखीएको छ भने जीप प्रहरी नियन्त्रणमा छ। न्यौपाने एग्रोभेट सेन्टर बाग्दुलाको चल्ला बोकेर जीप बाग्दुला तर्फ जाँदै थियो।सडक किनारमा पैदल हिडिरहेका बिकलाई जिप अनियन्त्रीतभई सिधै गएर ठक्कर दिएको थियो।

त्यस्तै,आज प्युठान नगरपालिका ७ बाग्दुला स्थित लाइफकेयर अस्पतालको पछाडी कुलामा एक युवक मृत अबस्थामा भेटिएका छन। दाङ घोराही नगरपालिका १८ का बर्स २४ का अनिल चौधरी मृत अबस्थामा भेटिएका हुन। चौधरी घर निर्माणकार्यमा लेबर काम गर्दै आएका थिए।आईतबार साझ देखि चौधरी हराईरहेका थिए।