काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ०.५ डिग्री सेल्सियसमा झरेको छ ।
महाशाखाले सोमबार बिहान ८ः४५ मा गरेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको तापक्रम शुन्यमा झरेको जनाएको हो । महाशाखाका अनुसार तापक्रम घट्ने क्रम जारी रहनुका र चिसो अझै बढ्ने छ ।
प्राकृतिक कारणसँगै जम्मु कास्मिरबाट नेपालतर्फ बहेको चिसो वायुले तापक्रम घटेको बताउँछन् । उनिहरुले देशभरी चिसो हृवात्तै बढ्नुमा जम्मु काश्मिरबाट नेपालतर्फ बहेको चिसो वायु बढी जिम्मेवार बताएका छन् ।
मौसमविदको भनाइ अनुसार काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लागे पनि यस वर्ष माइनसमा झर्ने सम्भावना भने छैन् ।











प्रतिक्रिया