बंगलादेशको प्रधानमन्त्रीमा तेस्रो पटक शेख हसिना विजयी


फाइल तस्बीर ।

काठमाडाैँ । बंगलादेशको प्रधानमन्त्रीमा तेस्रो पटक शेख हसिना विजयी भएकी छिन । बंगलादेशको निर्वाचन अायोगले अाइतबार भएको निर्वाचनको परिणाम सार्वजनिक गर्दै बंगलादेशमा फेरी पनि शेख हसिना विजयी भएको घोषणा गरेको छ । संसदको ३५० मध्ये २८१ सिटमा हसिनाको पार्टी अवामी लीगले विजयी भएको छ ।

परिणाम अस्वीकार गर्ने जनाएको विपक्षी दल जम्मा सात सिटमा सीमित भएको छ ।  विपक्षी नेता कमाल हुसेनले निर्वाचन परिणामलाई हास्यास्पद भन्दै निष्पक्ष सरकार गठन गरी पुनः मतदानको माग गरेका छन् ।हसिनाको पार्टी अवामी लिग सन् २००८ देखि नै बंगलादेशको सत्तामा छ ।