साइवर आक्रमणको कारण थुप्रै अमेरिकी अखवार प्रभावित


वासिंगटन,(एजेन्सी)
साइवर आक्रमणको कारण शनिवार संयुक्त राज्य अमेरिकाको थुप्रै दिैनिक अखवारको छपाई र आपुर्तिमा अवरोध आएको अमेरिक िसंचार माध्यमले जनाएको छ ।

सो आक्रमणको कारण दि लस एन्जेल्स टाइम्स , शिकागो ट्रिक्युन , बाल्टिमोर सन र ट्रिब्युन प्रकासनका अन्य अखवारहरु प्रभावित भएके बताइएको छ । सम्बन्धित कम्प्युटर निकायले शुक्रवार पहिलो पटक मालवेर भेटिएको र त्यसले एउटै प्रेसमा छपाई हुने अखवारहरु प्रभावित हुन पुगेको जनाएको छ ।

दि लस एन्जेल्स टाइम्सले यो आक्रमण अमेरिका बाहिररबाट भएको हुनुपर्ने विशवास गरेको छ । लस एन्जेल्सको एउटै स्थानमा छापिने गरेका दि वाल स्ट्रिट जर्नलको वेस्ट कोस्ट संस्करण र दि न्युयोर्क टाइम्स पनि प्रभावित हुन पुगेको बताइएको छ ।

यस प्रकारको आक्रमणको प्राविधिक ज्ञान भएको एक अज्ञात सुत्रले सुचना चोर्न नभई पुर्वाधार र त्यसमा पनि विशेषगरी सर्भरहरुलाई निष्क्रिय पार्ने उद्देश्यले यो आक्रमण गरिएको दि लस एन्जेल्स टाम्सलाई जानकारी दिएको छ ।

ट्रिब्युन प्रकासनका महिला प्रवक्ता म्यारिसा कोल्लियासले साइवर आक्रमण भएके पुष्टि गर्दै भनेकीछिन् , ‘ भाइरसले अखवार छाप्न र प्रकासन गर्ने अफिसको सिस्टमलाई बिगारेको छ । कम्पनीको समपुर्ण बजार प्रभावित भएको छ । ’ तर न्युयोर्क डेली न्युज , ओर्लान्डो सेन्टिनल र अन्नापोलिस क्यापिटल गजेट पनि प्रकासन गदै आएके यस कम्पनीले यसबारे विस्तृत विवरण दिन भने अस्विकार गरेको छ ।

यसैगरी यसै साता अर्को प्रकासन संस्था दि फोर्ट लडरडेल सन – सेन्टिनलको पनि कम्पयुटरमा भाइरस आक्रमण भएपछि उत्पादन कार्य रोकिएको थियो भने यसको फोन लाइनहरु समेत अवरुद्ध हुन पुगेको थियो ।
यस सम्बन्धमा अनुसन्धानरत संघिय जाँचबुझ ब्युरो ( एफबिआइ ) ले तत्कालै कुनै प्रतिक्रिया दिएको छैन ।