बंगलादेशको चुनावी हिंसामा कम्तिमा बाह्र को मृत्यु, व्यापक धाँधलीको आरोप


ढाका,(एजेन्सी)
बंगलादेशमा आम निर्वाचको क्रममा मतदान भइरहेकोबेला भएको हिंसात्मक घटनामा कम्तिमा १२ जना व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएक छन् । मतदानकै सिलसिलामा विभिन्न जिल्लामा हिंसात्मक घटना भएको हो। राष्ट्रभरिकै सम्पुर्ण मतदान स्थलमा चुनावमा वयापक धाँधली भएके आवाज उठ्न थालेकाले यस सम्बन्धमा अनुसन्धान शुरु गरिएको बंगलादेशको निर्वाचन आयोगले जनाएको छ ।

विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको जनाइएको छ । दक्षिणी सहर बासखालीमा घटनामा गोली लागि घाइते भएका एकजनाको मृत्यु भएको स्थानीय प्रहरी प्रमुख मोहम्मद कमाल हुसेनले संचार माध्यमलाई जानकारी गराएका छन् ।

त्यसैगरी दक्षिणपूर्वी क्षेत्रमा पर्ने रंगमती जिल्लामा पनि विपक्षीहरुले मतदान केन्द्रमा अवरोध गर्न खोज्दा प्रतिवाद गर्ने सत्तारुढ दल अवामी लिग पार्टीका सक्रिय कार्यकर्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरी प्रमुख जाजिबुल इस्लामले ति व्यक्तिको अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएका पुष्टि गेका छन् ।

लामो समयको प्रतिक्षापछि भएको आम निर्वाचन अन्तर्गत बंगलादेशमा स्थानीय समयानुसार आइतबार बिहान आठ बजे देखि मतदान सुरु भएको अधिकारीहरुले बताएका छन् । कडा सुरक्षा प्रवन्धबिच निर्वाचन थालिएपनि कतिपय हिंसात्मक घटनाहरुका विवरणहरु आउने क्रम अझैपनि जारी रहेको बताइएको छ ।

अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक लगायत सुरक्षाकर्मी परिचालन गरिएको जनाएका छन् । विगत केहीदिन देखि चुनाव सम्बन्धी हिंसात्मक घटनाहरु बढ्दै गएकाले पनि सुरक्षा व्यवस्थामा थप कडाई गरिएको अधिकारीहरुको बताएका छन् । सुरक्षाकर्मीहरुलाई विभिन्न समूह तथा तहमा विभाजन गरेर मतदान केन्द्र देखि गाँउगाउँ सम्म खटाइएको छ ।

यस पटकको निर्वाचनको सिलसिलामा मतदानको अघिल्लो दिनसम्म १३ जनाको ज्यान जानुका साथै अन्य हजारौ घाइते भएका छन् । पछिल्लो मत सर्भेक्षणका अनुसार यस निर्वाचनमा प्रधानमन्त्री शेख हसिनानै पुन निर्वाचित हुने अनुमान गरिएको छ । आमनिर्वाचनका लागि देशभरी झण्डै ४० हजार मतदान केन्द्रहरु संचालनमा ल्याइएका छन् ।

मुस्लिम समुदायको बाहुल््य रहेको बंगलादेशमा वर्तमान प्रधानमन्त्री हसिनाको सत्तारुढ दल र प्रमुख विपक्षी दल बंगलादेश नेसनल पार्टी ‘ विएनपी ’ बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रधानमन्त्री शेख हसिनाले शुरु देखि नै आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै आएकी छन् । तर विपक्षीहरुले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुने कुरामा आंशंका व्यक्त गर्ने गरेका थिए ।

विपक्षी दलकी नेता खालिदा जिया अहिले राजधानी ढाकास्थित जेलमा रहेकी छन् । ७३ वर्षीया जिया पूर्वसैनिक तानाशाहकी विधवा हुन् भने प्रधानमन्त्री हसिनाका पिता बंगलादेशका संस्थापक नेता हुन् ।