अमेरिका बाहिरिएपछि सिरिया मुद्दा रुस र टर्कीले सम्हाल्ने


अंकारा (एजेन्सी)
सिरियाबाट अमेरिी सेना फिर्ता गर्ने अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पको फैसलापछि रुस र टर्कीबीच सिरिया मुद्दामा मिलेर काम गर्न सहमति भएको छ ।

यस मुद्दामा छलफल गर्न रुसी विदेशमन्त्री सर्गेइ लावरोव र टर्कीका विदेशमन्त्री मेब्लुत चोवासुग्लुबीच शनिबार मस्कोमा भेट भएको थियो । अमेरिकाले आकश्मिक रुपमा लिएको उक्त फैसलापछि सिरियाको जमिनमा मिलेर कामन गर्न रुस र टर्कीको सहमति भएको चोवासुग्लुले बताए ।
वार्तामा अमेरिकाको फैसला र सिरियाको ताजा स्थितिका विषयमा चर्चा भएको उनले बताए । भविष्यमा मिलेर काम गर्ने र कट्टरपन्थी समुह र कट्टरपन्थी विरुद्धको लडाइका बारेमा आफुहरुबीच छलफल भएको उनले जानकारी दिए ।

सिरिया शान्ति प्रक्रियाका लागि अस्टानामा छलफल भएको र सोही प्रक्रियालाई अगाडी बढाउँदै सिरियाको क्षत्रिय अखन्डता र राजनितिक एकजुटताका लागि आफुहरु प्रतिबद्ध रहेको उनले बताए ।
अमेरिकी सेना बाहिर गएपछि उत्पन्न हुने परिस्थितिलाई आफुले पुर्ण रुपमा बुझेका उनले बताए । दुबै देशले सिरियबाट बाहिर गएका सरणार्थीहरुलाई फिर्ता गर्ने र उनीहरुलाई पुन बसाउने योजना बनाउने उनले जानकारी दिए । सिरियाको मामिलामा रुस र इरान सहित क्षत्रिय समुहसँग सहयोग लिएर यो मार्गमा अघि बढ्ने उनले बताए ।


रुसी विदेशमन्त्री सर्गेइ लावरोवले भने– दुबै पक्षले संयुक्त राष्ट सुरक्षा परिषदको प्रस्ताव २२५४ को पालना गर्नमा जोड दिएका छन् र सिरियाली अरब गणतन्त्रको सम्प्रभुता र क्षेत्रिय अखन्डताको सम्मान गर्नेछ ।
यसैबीच समाचार एजेन्सी रोयटर्सका अनुसार दुई हप्ता अगाडी अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले तुर्केली राष्टपति रिसेप तैयप अर्दोगानसँग फोनवार्ता गरी सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने आफनो फैसला सुनाएका हो ।
रोयटर्सले अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै ट्रम्प टर्कीलाई उत्तर पुर्वी सिरियामा अमेरिकी समर्थित कुर्द लडाकुमाथि हुने हमलाको विरोधमा चेतावनी दिने तयारीमा रहेको उल्लखे गरेको छ ।

तर ट्रम्पले वार्ताका क्रममा अर्दोगानसँग यदि अमेरिका सिरियाबाट आफना सैनिक हटाएमा टर्की इस्लामिक स्टेटलाई अन्त्य गर्ने जिम्मेवारी उठाउँछ भन्ने प्रश्न राखेको एक अधिकारीले बताए । टर्कीले यसका लागि आफु तयार भएको जवाफ दिएको समाचार एजेन्सीले जनाएको छ ।

राष्ट्रिय सुरक्षा मामिलामा राष्ट्रपति ट्रम्पका सल्लाहकार जोन बोल्टनले ट्विटमा अमेरिकाले आपना सैनिक सिरियाबाट हटाउने काम सुरु गरेको जानकारी दिएका छन् ।